“पासा ट्रावल्स एण्ड टुर्स” द्वारा “प्रणय दिबस”को उपलक्षमा बिबिध कार्यक्रम

इनेप्लिज २०७५ फागुन २ गते ४:०६ मा प्रकाशित

मिसिसागा, क्यानडा, बिगत का बर्षहरुमा झै यस बर्ष पनि “पासा ट्रावल्स एण्ड टुर्स” द्वारा “प्रणय दिबस”को उपलक्षमा  नेपाली समुदायको लागि बिबिध कार्यक्रम गरि मनाएको छ। नेपाल तथा क्यानडाको राष्ट्रिय गान बाट शुरु भएको सो कार्यक्रममा बोल्नु हुदै ओन्टारियो प्रान्तका प्रान्तिय सांसद माननिय दीपक आनंदले “प्रणय दिबस”को उपलक्षमा सबैलाई शुभकामना ब्य्क्त गर्नु हुदै गत बर्ष भएको निर्बाचनमा नेपाली समुदायको अपार सहयोगले आफू बिजय हुन सम्भब भएको बताउनु हुदै नेपाली समुदायको सहयोगको लागि आफू सधैं तत्पर रहेको बताउनु भयो ।

मन्तब्य पश्चात मनोरन्जनात्मक कार्यक्रममा युबा गायकहरु भुषण ठकुरी, समर रेग्मी, दिपेन के. सी. ले लोक तथा आधुनिक गीत प्रस्तुत गरेका थिए भने सुरेन्द्र लाल श्रेष्ठ तथा गीता पन्त को जोडीले प्रसिद्द लोकगीत प्रस्तुत गरि दर्शक हरुलाई मनोरन्जन दिलाएका थिए ।

त्यसै गरि स्नेहा ठकुरीले लोक नॄत्य प्रस्तुत गरेका थिए । लसता देशारले प्रस्तुत गरेको परम्परागत नेवाः नृत्य दर्शकहरुले रुचाएका थिए भने त्यस बाट कार्यक्रममा बिबिधता पनि देखिएको थियो । कार्यक्रममा रबि मान सिंह बस्नेतले समसामयिक बिषयमा कबिता बाचन गर्दा श्रोताहरु मन्त्र मुग्ध भै श्रवण गरिरहेका थिए ।

सोहि कार्यक्रममा एभरेष्ट सितोरियो करातेका प्रशिक्षार्थी सिदान्त संज्याल मेन्टरमा छनौट हुन सफल भएकोमा “पासा ट्रावल्स एण्ड टुर्स”को तर्फ बाट क्यानेडियन नेवाः गुथि का अध्यक्ष प्रकश प्रधानले सम्मान गर्नु भएको थियो । कार्यक्रमको अर्को आकर्षक पक्ष पुरस्कार सहितको ” बेलुन फुटाउने” खेल बाट सबैले भरपुर मनोरंजन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा “पासा ट्रावल्स एण्ड टुर्स”का प्रमुख कृष्ण गोपाल ध्वँजुले प्रायोजक तथा सहयोगि लगायत उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो।

नमस्ते रेडियोका रेडियोकर्मि दिनेस सिं मल्लले संचालन गरेको सो कार्यक्रमलाई अन्जु बिष्ट, दिनेश सिं मल्ल , राम कुमारी के. सी., मन्जु आचार्य, महेश्वोरी राजभण्डारीले “डोर प्राईज” प्रायोजन गर्नु भएको थियो भने टीम २४/७, खेजराज खनाल, अधिवक्ता अतुल सुबेदी, आस्था ल फर्म, स्माईल डेन्टिस्ट लगायतले कार्यक्रम प्रायोजन गरेका थिए। कार्यक्रमको अन्त्यमा डी जे सिताराम लिम्बुले लोकप्रिय गीतहरु मार्फत दर्शकहरुलाई फ्लोरमा नचाएका थिए।

नेपाली समुदायमा ट्रावल्स तथा टुर्सको सेवा प्रदान गर्दै आएको “पासा ट्रावल्स एण्ड टुर्स”ले बाक्लिदै गएको नेपाली समुदाय बिच एक आपसमा परिचय,भेटघाट तथा मनोरन्जन प्र्दान गर्ने उद्देश्यले प्रणय दिबसको उपलक्षमा गत केहि बर्ष देखि निरन्तर रुपमा कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया