एनआरएनए नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै
इनेप्लिज
२०७५ माघ २९ गते १९:५० मा प्रकाशित

लेगोस , नाईजेरिया,गैर आवासीय नेपाली संघ , नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोस संगको सयुक्त आयोजनामा यहि फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले गराउनु भएको छ ।
संघको यो दोश्रो रक्तदान कार्यक्रम रहेको र यसले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको छ ।
प्रतिक्रिया