मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:५८
वासिङटन डिसी 11:13

डीसीमा अस्थायी सुरक्षित दर्जा(टिपीएस ) सम्बन्धि बृहत भेला(र्याली )हुने

इनेप्लिज २०७५ माघ २८ गते २३:१६ मा प्रकाशित

डिसिमा टिपीएस(अस्थायी सुरक्षित दर्जा)प्राप्तकर्ताहरुको स्थायी बसोबास तथा स्थायी समाधान होस् भन्ने उद्धेश्य साथ फेब्रुअरी १२ तारिखका दिन बृहत भेला(र्याली )हुने भएको छ ।

यस क्षेत्रमा बसोबास गर्नु हुने सबैमा न्यू योर्क को अधिकार संस्थाले आग्रह गरेको छ । व्हाइट हाउस तथा संसद भवन क्यापिटल हिलमा टिपीएस(अस्थायी सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने उद्धेश्य सहित विभिन्न प्रकारका कार्यक्रम हुने छ । अधिकारले नेसनल टिपीएस एलाइन्स संग अधिकारले सहकार्य गर्दै छ ।

अधिकारले ,हामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने भन्दै अस्थायी सुरक्षित दर्जा सुबिधा प्राप्तकर्तालाई स्थायी बसोबास सहित यसको स्थायी समाधान हुनु पर्छ भन्ने आफ्ना माग राख्ने भएको छ ।

फेब्रुअरी १२ तारिख मंगलबारका दिन अमेरिकी सरकारलाई दबाव दिन टिपीएस प्राप्तकर्ताहरु सहित ५ हजार सहभागीहरु उतार्ने योजना रहेको छ ।

टिपीएस एलायन्सको सदस्य संस्था अधिकारले ९ हजार नेपाली टिपीएस प्राप्तकर्ताहरुको प्रतिनिधित्व गर्दै नेपाल टिपीएस मूल समितिको नेतृत्वमा करीब १ सय ५० नेपालीहरु उक्त कार्यक्रममा सहभागी गराउन लागेको छ।

अधिकारले न्यू योर्क बाट डीसी जान र आउन चाहनेले अधिकार संग सम्पर्क गर्न हुन् अनुरोध गर्दै यातायातको व्यवस्था र सो दिनको लागि खानपिनको व्यवस्था पनि मिलाइएको जानकारी गराएको छ ।

नेपाल र होण्डुरसले आज सोमबार नाईन्थ सर्किट कोर्टमा स्थायी बसोबास सुविधा अन्त्य गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध मुद्दा दायर गरेका छन् । यस अगाडि एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको यस्तै मुद्दाको नजिरलाई आधार मानेर मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया