बिहीबार, वैशाख ५ २०७६
काठमाडौं २२:४२
वासिङटन डिसी 12:57

ताजा समाचार : टिपिएस बढाउन मुद्दा दायर

नेपाल र होन्डुरसका ६६ हजार सुरक्षित हुने

इनेप्लिज २०७५ माघ २८ गते १७:४७ मा प्रकाशित

नेपाल र होण्डुरसले सोमबार नाईन्थ सर्किट कोर्टमा स्थायी बसोबास सुविधा अन्त्य गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध मुद्दा दायर गरेका छन् ।

यस अगाडि एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको यस्तै मुद्दाको नजिरलाई आधार मानेर मुद्दा दायर गरिएको हो ।

नेपाली टिपिएस सुविधा प्राप्त गरेकालाई स्थायी बसोबाससम्मको सुविधा प्रदान गर्न न्यूयोर्कस्थित संस्था अधिकारले काम गदै आएको छ । यो मुद्दामा पनि अधिकारको महत्वपूर्ण भुमिका रहेको छ ।

सुडानको टिपिएस सकिन लागेको बेला गत अक्टोबर अन्त्यमा नाईन्थ सर्किट कोर्टले उक्त मुद्दामा स्टे अर्डर जारी गरेको थियो ।  सुडानको टिपिएस सुविधा नोभेम्बर २ बाट अन्त्य हुदै थियो । सोमबार दायर गरिएको मुद्दाले होण्डुरसका ५७ हजार र नेपालका आठ हजार नौसय ५० टिपिएस सुविधा प्राप्त गरेकालाई सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

सोमबार दर्ता गरिएको मुद्दा मूख्य तीन बुदाँमा आधारित छ । यि बुदाँ हुनः

( क) अमेरिकामा जन्मिएका बालबालिकालाई बाबुआमासंग छुट्टाउनु संविधान प्रदत्त मौलिक हक विरुद्ध हो ।

(ख) ट्रम्प सरकारले कुनै अग्रिम सुचना नदिई टिपिएस सुविधा बन्द गर्ने घोषणा गर्नु प्रशासनिक कानुन विरुद्ध छ ।

(ग) डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको टिपिएस सुविधा बन्द घोषणा विभेद हो र यो अमेरिकी संविधानको विरुद्ध हो ।

प्रतिक्रिया