शनिबार, फागुन ४ २०७५
काठमाडौं २३:५३
वासिङटन डिसी 13:08

बिग्रदो परिस्थितिमा शान्ति ,सद्भाव र भाईचारा कायम राख्न ईन्जाको अपिल

इनेप्लिज २०७५ माघ २८ गते ११:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ ईञ्जाले छापा बिज्ञप्ति मार्फत एक अपिल गरेको छ । समुदायमा शान्ति,सदभाव र भाईचारा कायम राख्दै विषयवस्तुमा संयमित, मर्यादित र संवेदनशील भै शिष्टतापूर्वक रुपमा सामाजिक संजालहरूमा आफ्ना विचारहरू सम्प्रेषण गर्न समेत सवैमा अनुरोध गरेको छ ।

ईञ्जा छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

संस्थाको विश्वास र परिचयको मापन नै त्यस सस्थाको गतिबिधि र उपलब्धि हो । संस्था र समुदायबीचको बढदो अविस्वासको बातावरण साच्चै नै चिन्ताजनक बिषय भएको ईन्जाको ठहर छ । यसै प्रसँग र बिषयमा एनआरएन अमेरिकाको क्षमता अभिबृद्दि गराउदै नेपाली समाजमा एक गरीमामय संस्थाका रुपमा स्थापित गराउन ईन्जाले आफ्नो तर्फबाट सुधारमुखी सुझावहरु पेश गरिसकेको छ।

ईन्जा पत्रकारहरुको एक स्वतन्त्र संस्था हो।अमेरिकाका नेपाली समुदाय (पत्रकार र मिडियाहरू पनि त्यसका अंग हुन) र एनआरएनए अमेरिका वीचको मिसअण्डरस्टान्डिंग र यसमा दैनिकरूपमा विकसित भएको घटनाक्रमलाई ईन्जाले शु़्क्ष्मरूपमा नजिकबाट खोजी, विश्लेषण र अध्ययनको आन्तरिक प्रक्रियालाई तीव्र पारेको जानकारी गराउदछौ। ईन्जा के प्रष्ट पार्न चाहन्छ भने अमेरिका लगायत संसारमा स्थापित वाक तथा प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने

कुनै कदमको ईन्जा बिरोध गर्दछ र यस्तो कदम तुरुन्त बन्द गर्न आग्रह गर्दछ । साथै समुदायमा शान्ति,सदभाव र भाईचारा कायम राख्दै विषयवस्तुमा संयमित, मर्यादित र संवेदनशील भै शिष्टतापूर्वक रुपमा सामाजिक संजालहरूमा आफ्ना विचारहरू सम्प्रेषण गर्न सवैमा ईन्जा अनुरोध गर्दछ ।

प्रतिक्रिया