‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक

इनेप्लिज २०७५ माघ २८ गते १०:३४ मा प्रकाशित

अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनमोल केसी र नव नायिका सुहाना थापालाई प्रस्तुत गरिएको छ ।

सुनिलकुमार थापा निर्मित ‘ए मेरो हजुर ३’मा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रिअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

चैत २९ गते रिलिज हुने फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ/बाबुराम दाहाल/सुमन पौडेल/प्रतिक पौडेलको पटकथा/संवाद र कल्याण सिंह/कोशिस क्षेत्री/ प्रतिक पौडेल/आशिष अविरलको संगीत छ ।

प्रतिक्रिया