शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२३
वासिङटन डिसी 06:38

म्याग्दी समाज युएसए मा नयाँ समिति गठन ,अध्यक्षमा इन्द्र बहादुर थापाछेत्री निर्वाचित

इनेप्लिज २०७५ माघ २८ गते १:४५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसए मा नयाँ समितिको गठन भएको छ । सन् २००९ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था आज सम्पन्न बार्षिक अधिवेसन मार्फत म्याग्दी समाज युएसएको सन् २०१९ -२०२० सम्मका लागि नयाँ समिति गठन भएको छ ।

आज सम्पन्न अधिवेसन मार्फत ३ सदस्यीय एक समिति बनेको छ भने अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री निर्वाचित हुनु भएको छ । यसै गरि वरिष्ठ उपाध्यक्षमा खगेन्द्र छन्त्याल ,उपाध्यक्षमा कृष्ण छेत्री ,महा सचिवमा भिम केसी ,सचिवमा सुबाश भण्डारी तथा कोषाध्यक्षमा अन्जु थापा निर्वाचित हुनु भएको छ ।

यसै गरि सदस्यहरुमा क्रसम दिनेश जिसी ,नरेन्द्र रावल,किशोर शर्मा, मनिलाल राम्दम निर्वाचित भएका छन् । यसै गरि सूचना निर्देशक (आइटि) निर्देशकमा सुदर्शन पौडेल ,सांस्कृतिक कार्यक्रम संयोजकमा मंजु पुन निर्वाचित हुनु भएको छ ।

यसै गरि संचार निर्देशकमा निमल थापा ,जन सम्पर्क निर्देशकमा बुद्धि शेरचन तथा दिपा पुन सदस्यमा निर्वाचित हुनु भएको छ  ।

प्रतिक्रिया