शनिबार, फागुन ४ २०७५
काठमाडौं २३:३५
वासिङटन डिसी 12:50

टिपिएस बृहत सम्मेलन सुरु

स्थायी बसोबासको सुविधाका लागि लविड. गर्ने

यादवराज जोशी २०७५ माघ २७ गते २२:२२ मा प्रकाशित

अस्थायी सुरक्षित दर्जा (टिपिएस) प्राप्त १३ राष्ट्रका नागरिकको बृहत सम्मेलन वासिड.टन डिसीमा आईतबारबाट सुरु भएको छ । नेसनल टिपिएस एलायन्सले आयोजना गरेको यो सम्मेलन चार दिनसम्म चल्ने छ ।

टिपिएस सुविधा प्राप्त गरेका १३ देशका तीनलाख १७ हजारलाई रणनीति तय गर्न यो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा टिपिएस सुविधा प्राप्त गरेका १३ देशका अमेरिका भरीका चारसय प्रतिनिधी सहभागी छन् ।

कार्यक्रम तालीका अनसार, नयाँ कानुन बनाएर टिपिएस सुविधा पाएका सबैलाई स्थायी बसोबासको सुविधा दिने, कानुनी उपचार खोज्ने, सामुदायीक सुरक्षा प्रदान गर्ने विषयमा रणनीति तय गरिने छ ।

यसैगरी, वर्तमान अमेरिकी सरकार अर्थात ट्रम्प प्रशासनलाई दवाव दिन फेब्रुवरी १२ मंगलबार विहान बृहत र्याली गरिने कार्यक्रम छ । र्याली अमेरिकी राष्ट्रपति निवास ह्वाईट हाउस अगाडी गरिने छ । टिपिएस सुविधा प्राप्त सबै देशका नागरिकको सहभागिता हुनेछ ।

बृहत सम्मेलनमा आप्रवासी अधिकारको क्षेत्रमा काम गरीरहेको अधिकार र नेपालीहरुको पनि सहभागिता छ ।

प्रतिक्रिया