काठमाण्डौ नेपाललाई वल्र्ड वुक्स अफ रेकर्ड, लण्डनमा

इनेप्लिज २०७५ माघ २७ गते १७:४१ मा प्रकाशित

शिक्षावाट बञ्चित अबोध, निर्दोष एच.आई.भी संक्रमित बालबालिकाहरुले शिक्षा पाउने नैसर्गिक अधिकारलाई प्रत्याभूत दिलाउन विगत ९ वर्ष देखि बालबालिकाहरुलाई छात्रावासमा राखी स्वास्थ्य उपचार, लालनपालन, शिक्षा एवं मनोरञ्जन प्रदान गर्दै आइरहेको एक मात्र मुलुककै पहिलो पहिचान सहितको विद्यालयलाई “विश्वकै पहिलो पहिचान सहितको विद्यालय”मा सुचिकृत गरिएको प्रमाण पत्रलाई विद्यालयका संस्थापक द्धय श्री राज कुमार पुन र श्रीमती उमा गुरुङ राईलाई श्री पञ्चमीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, श्रीमति राधिका शाक्य ज्यूको बाहुली एवम् वल्र्ड वुक्स अफ रेकर्ड, लण्डनका पदाधिकारीहरुको समुउपस्थितीमा हस्ताणतरण गरिएको छ ।

वल्र्ड वुक्स अफ रेकर्ड, लण्डन द्धारा सम्मानित भएको अवसरमा प्रधानमन्त्री ज्यूले सम्मानित हुने विद्यालयका संस्थापक द्धयलाई बधाई ज्ञापन गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मानले समाजसेवामा निस्वार्थ रुपमा लागेका सामाजिक अभियन्ताहरुलाई थप उर्जाशील बनी सेवा गर्न पे्ररणा मिल्ने बताउनु भयो साथै सरकार एच.आई.भी. संक्रमित बालबालिकाहरुको भविष्यप्रति गम्भिर रहेको र सामाजिक चेतनास्तर अभिवृद्धि गराउने अभियान सशक्त ढंगले सञ्चालन गरिने बचनबद्धता व्यक्त गर्दै यस वल्र्ड वुक्स अफ रेकर्डस, लण्डन प्रति कृतज्ञता प्रकट गर्नु भयो ।

श्री विरेन्द्र शर्मा (सांसद, वेलायत) डा. दिवाकर शुकुल (अध्यक्ष, वल्ड वुक्स अफ रेकर्ड, लण्डन), श्री सन्तोष शुक्ला (अध्यक्ष, वल्ड वुक्स अफ रेकर्ड) श्री सागर कट्वाल (अध्यक्ष, वल्ड वुक्स अफ रेकर्ड, नेपाल) लगायत नेपाल, भारत तथा लण्डनका विशिष्ट व्यक्तित्वहरुले बधाई ज्ञापन गर्नु भएको छ ।

थप जानकारीका लागि+977-9851115856

प्रतिक्रिया