शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:३१
वासिङटन डिसी 06:46

शिव शर्मा चञ्लको परदेशी रुवाउने ‘आमाको आ“सु ’

इनेप्लिज २०७५ माघ २७ गते १७:३१ मा प्रकाशित

परदेशमा रहदा आमा गुमाउदाको पीडा कस्तो छ । त्यो भन्दा पीडा अझै स्वदेश फर्कन नपाउदा कस्तो हुन्छ । परदेशीहरुको वास्तविकतालाई पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले मार्मिक शब्दमा उतारेका छन् । देश छाडेर परदेशीएकाहरुलाई चस्क पार्ने मन मार्मिक गीत आमाको आ“सु ल्याएका छन् । उनले आफनै दिवंगत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिको अवसर पारेर आमालाई सम्झदै गीत ल्याएका हुन । यो मेरो आमाको मात्र नभई सबै परदेशीहरुको सामुहिक गीत हो’ उनले भने–‘परदेशमा रहदा घरपरिवार गुमाउदाको पीडा संगै परदेशको पीडा यसमा पोखिएको छ ।’

अमेरिकाको टेक्ससको युलेस स्थित फिस्टेल नेपाली रेष्टुरेन्टमा शनिवार गीतको भीडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतले कार्यक्रममा उपस्थित धेरैका आ“खा रसाए । कार्यक्रममा बोल्दै वरिष्ट चलचित्र निर्देशक नारायण पुरीले गीतले सबै परदेशीलाई छुने हदयविदारक भएको बताए । ‘गीत राम्रो लागेर भीडियो निर्माणका लागी पहल गरे’ निर्देशक पुरीले भने–गीतले आमा संगै माटो र देश बोलेको छ ।

लेखक तथा निर्देशक शैलेश आचार्यले गीतका भावुक शब्दले सबै परदेशीको आ“त छाम्ने बताए । धेरै यथार्थ गीतले बोलेको छ’ उनले भने–‘आमा हुने र नहुने सबैलाई यो गीतले सन्देश दिनेछ ।’

कार्यक्रममा बोल्दै एनआरएनका पुर्व उपाध्यक्ष तथा युवा व्यवसायी राम सि पोखरेलले गीतले आफुलाई भावुक बनाएको बताउदै गीतले सबैलाई छुने बताए । उनले स्वर शब्द र भीडियोले गीत उत्कृष्ट बनेको छ उनले भने–‘आमाको वार्षिक तिथी गीत नै सार्वजनिक गरेर सर्मपण गर्नु ठुलो उपलब्धी मान्नुपर्छ । ’

प्राध्यापक तथा साहित्यकार प्रभात दिक्षितले गीतले आफनो आ“खा रसाएकोब बताउदै पछिल्लो क्रममा परदेशीहरुका लागी यो गीत मन छुने बताए । उनले भने– यो केवल स्रष्टाको मात्र नभई जीवित र दिवंगत आमाहरुको गीत हो ।

कार्यक्रममा नेपाली समाज टेक्ससका सचिव डा परशुराम दादाल, नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष विकासराज न्यौपाने, सचिव सुरज श्रेष्ठले आमाको आ“सु सबै परदेशीको पीडा भएको बताएका थिए ।

गीतले परदेशमा रहदा आफन्त गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा उतारिएको छ । यो मार्मिक गीतलाई गोविन्द मधुर आचार्यले सुमधुर आवाज दिएका छन् । गीतमा उनलाई गायिका वसन्ता प्रकृतिले साथ दिएकी छन् । गीतमा संगीत र एरेन्ज समेत गायक आचार्यले गरेका छन् ।

गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । म्युजिक भिडियो समेत निर्माण भएको गीतलाई शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्ष्ँेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ट चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो ।

स्वर– गोविन्द मधुर आचार्य र वसन्ता प्रकृति
रचना शिव शर्मा चञ्चल
संगीत÷एरेन्ज– गोविन्द मधुर आचार्य
निर्देशन÷सम्पादन– शिव पुरी
क्यामेरा रामेश्वर कार्की
प्रस्तुती–८८४८ एलएल सि एण्ड एभ्स (Aves)
निर्माण सहयोगी– किसन रेग्मी (uskhabar.com_ ) र भुपेन्द्र न्यौपाने
मोडल–अन्जु देउजा, राजा कुमार घोष, रेगन छेत्री , हरि दवाडी ।

प्रतिक्रिया