शनिबार, फागुन ४ २०७५
काठमाडौं २३:११
वासिङटन डिसी 12:26

तामांग सोसाइटी ग्रेटर वासिंगटन युएसएको सोनाम ल्होछार भव्यताका साथ सम्पन्न(विभिन्न भिडियो सहित )

विजय थापा , २०७५ माघ २७ गते १२:१६ मा प्रकाशित

तामांग सोसाइटी ग्रेटर वासिंगटन युएसए ले २८५५ औ फाग ल्हो ( संगुर वर्ग ) सोनाम ल्होछार पर्व भव्यताको साथ मनाएको छ । यसपालि २८५५ ल्होछर पर्व मनाउनु अगाडी पूजा अर्चना गरि शुरु गरे पछि सोनाम ल्होछार पर्व मनाएको हो ।

तामाग समाज डिसीका अमेरिकामा जन्मेका बालबालिकाहरुको प्रस्तुति :

Posted by Enepalese on Saturday, February 9, 2019

गत फरवरी ९ का दिन भर्जिनियाको हर्नडन सामुदायिक केन्द्रमा बृहत रुपमा स्थानीय कलाकार ,विभिन्न सांगीतिक संगीत मण्डली ,अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाहरु र ख्याती प्राप्त कलाकारद्वारा साँस्कृतिक साँझको आयोजना गर्दै यस बर्षको सोनाम ल्होछार पर्व सम्पन्न गरेको छ ।

सिने गुरुग : मुसु मुसु हाँसी देउ :

Posted by Enepalese on Saturday, February 9, 2019

उक्त संस्थाका अध्यक्ष उत्तर सिंह लामा दोङ्गको सभापतित्वमा ल्होछार पर्व सम्पन्न भएको थियो भने सभापति दोङ्गले पर्वको बारेमा बोलेका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को प्रमुख आतिथ्य रहेको थियो । राजदुत कार्की तथा अन्य केही वक्ताहरुले छोटो मन्तब्य राखेका थिए ।

डिसीमा तामाग नाच ;

Posted by Enepalese on Saturday, February 9, 2019

मै हु भन्ने च्यागमालाई ….

Posted by Enepalese on Saturday, February 9, 2019

अमेरिकामा जन्मेका नेपाली पाठशाला सेन्टरभिल का बालबालिकाहरुको बेजोड प्रस्तुति :,

Posted by Enepalese on Saturday, February 9, 2019

अध्यक्ष उत्तर लामा दोङ्गले कलाकार ,प्रायोजक ,संचार माध्यम , स्वयम सेवक तथा सहभागी जनाउनु हुने सबै नेपाली समुदायलाईलाई आभार प्रकट गरेका थिए । चर्चित गायिका सिने गुरुङको बिशेष प्रस्तुति रहेको थियो भने उनले उनका चर्चित गीतहरु मेरो प्यारो मान्छे लगायत चर्चित गित मुसुमुसु हासी देउ न लै लै गाएकी थिइन् ।

बाल्टीमोरका यूवा गायक रजल लामा को प्रस्तुति :

Posted by Enepalese on Saturday, February 9, 2019

अमेरीकामा जन्मिएका बालिकाहरुको बेजोड प्रस्तुती । सबैले हौसला दियौ :

Posted by Enepalese on Saturday, February 9, 2019

उक्त पर्वमा सांस्कृतिक सङ्गीत सांझमा डीसी क्षेत्रको चर्चित संगीत मण्डली(ब्याण्ड) मोक्ष मन्त्र ,एन्जल ब्याण्डका राजु लामा, बाल्टिमोरका युवा गायक राजल लामा ,मेन्दो माया तामांग नृत्य ,न्यू योर्क बाट आउनु भएकी कलाकर गोमा योञ्जन ,अमेरिकामा जन्मेका नेपाली पाठशाला अफ भर्जिनिया सेन्टरभिल का बालिकाहरु ,कलाकार सज्जन लामा ,उनका टोलि समूह तथा अन्य कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम हर्नडन कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र )मा साँझ ६ बजे देखि सुरु भएको थियो ।

तामांग सोसाइटी ग्रेटर वासिंगटन युएसएको २८५५ सोनाम ल्होछार को प्रत्यक्ष प्रसारण :विजय थापा

Posted by Enepalese on Saturday, February 9, 2019

 

सिने गुरुग : मुसु मुसु हाँसी देउ :

Posted by Enepalese on Saturday, February 9, 2019

प्रतिक्रिया