शनिबार, वैशाख ७ २०७६
काठमाडौं २२:०९
वासिङटन डिसी 12:24

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिको कार्य प्रगति विवरण

इनेप्लिज २०७५ माघ २६ गते १३:१० मा प्रकाशित

 

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिले डीसी क्षेत्रमा महा पुराण तथा सामुदायिक भवन निर्माण गर्ने सम्बन्धमा हाल सम्म गरिएका प्रगति सम्बन्धि गरिएको पत्रकार सम्मलेन मार्फत कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा यस क्षेत्रका सबै वर्गका नेपाली समुदायको उपस्थिति समेत रहेको थियो । र उक्त कार्यक्रममा प्रश्न उत्तर तथा जिज्ञाशा समेत राखिएको थियो ।

सप्ताह आयोजना तथा सामुदायिक भवन निर्माण बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधि को बारेमा डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितीले आयोजना गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Friday, February 8, 2019

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितिको छापा बिज्ञप्ति जस्ता को त्यस्तै :

फेब्रुअरी ८ ,भर्जिनिया र डिसी मेट्रो क्षेत्रमा हाम्रो नेपाली समुदाय अब निक्कै उन्लेख्य संख्यामा स्थापित हुने चरणमा छ। त्यसैले हाम्रो आफ्नै सामुदायिक भवनको परिकल्पना पनि अब साकार हुने बाटोमा अगाडी बढ्नसक्ने निश्चित छ।

यसक्रममा नोर्दन भर्जिनिया र डीसी मेट्रोक्षेत्रमा धेरै वर्ष अघिदेखि विभिन्न चरणमा बिभिन समूह र ब्यानरमा भएका बिबिध प्रयासहरु र तिनका निस्कर्षहरुलाई आत्मसाथ र एकत्रित गर्दै यसक्षेत्रका हरेक परिवार र सम्पूर्ण समुदायको सहभागिता सुनिश्चित हुने गरी यसपटक हामीहरु उन्लेख्य मार्ग चित्रका साथ अगाडी बढीरहको व्यहोरा जानकारी गराउन पाउदा आज हामीलाई खुसि लागेको छ।

 

आजको कार्यक्रमको मुख्य उद्देश्य यस प्रकार रहेको छ।

१. हालसम्म भए गरिएका काम र प्रगति विवरण मिडिया तथा समुदाय समक्ष निरन्तररुपमा अद्यावधिक गर्ने/गराउने
२. नया पुस्ता (Youth Generation) को सृजनशील बिचारलाइ समाहित गर्दै उनीहरुको सहभागितालाई पनि सुनिश्चित गर्ने/गराउने
३. हाम्रो सम्पूर्ण नेपाली समुदायसंग सुझाव तथा प्रतिक्रियाका लागि निरन्तर सम्बन्ध र समन्वय स्थापित गर्ने/गराउने।

पृष्ठभूमि

गत डिसेम्बर २९ तारिख शनिवारका दिन डीसी महानगर क्षेत्रको Chantilly Regional Library मा सामुदायिक भवन निर्माणका लागि महापुराण सप्ताहा लगाई fundraising गर्नेबारे यस क्षेत्रमा सामाजिक अगुआहरुको उत्शाहजनक सहभागिता एक आधारभुत बैठक\भेला सम्पन्न भएको व्यहोरा बिधितै छ। त्यस बैठकमा पेश गरिएको कार्यपत्र माथि उपस्थित समाजसेवीहरु बीच व्यापक छलफल तथा बिचार विमर्श आदान प्रदान भएको थियो।

भेलाले सामुदायिक भवन निर्माण गर्न महापुराणको आयोजना गर्ने र महापुराण लगाउनको लागि यस क्षेत्रका सबै परिवारलाई समेटी हरेक परिवारको प्रतिनिधीलाई पुराणको आयोजक बनाई मूल समारोह समिति बनाउने निर्णय गरेको थियो। त्यसपछि मूल समितिमा संलग्न गराउन आग्रह गरेअनुसार महापुराण मूल समितिमा हालसम्म सदस्य संख्या ६४४ जना रहेकाे सहर्ष जानकारी गराउदछाै । त्यसै

गरि महापुरण सप्ताहलाइ बढी प्रभावकारी बनाउने उद्देश्यले आबस्यक पर्ने विभिन्न उपसमितिहरू बनाउने निर्णय भएर यसतर्फ पनि व्यापक गृहकार्य हुँदै गरेको छ ।

यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरुको सदस्य वनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भईदिनु हुन र हामी नेपालीहरुको साझा सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिको तल दिइएको इमेल मार्फत आफ्नो नाम नम्वर पठाई सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।

हालसम्म भएको कार्य प्रगति विवरण यस प्रकार रहेको व्यहोरा जानकारी गराउदछौ।

१. समुदायसंग निरन्तर सूचना सम्प्रेष्णलाइ प्रभावकारी बनाउन यस अभियानको छुट्टै Website बनाइसकिएको छ
२. आधिकारिकरुपमा पत्राचार गर्न Official Email ID बनाइसकिएको।
३. पण्डितको चयन र दक्क्षिना निर्धारण गरिएको।
४. सप्ताह लगाइने स्थानको चयन गरि सम्झौता गरिसकिएको।
५. बिधान (Bylaws) ड्राफ्ट भैसकेको र त्यसमा आबस्यक सुझाव र प्रतिक्रियाका लागि आगामी Feb 23rd मा हुने टाउन हलमा प्रस्तुत गरि अन्तिम रुप दिने तयारी भएको
६. समुदायका स्थापित अगुवा तथा सक्रिय सामाजिक कार्यकर्ताहरुसंग निरन्तर सम्पर्क, सुझाव र समर्थनका लागि काम भैरहेको।
७. नया पुस्ताका बिभिन समूह र व्यक्तिहरुसंग पनि विचार आदान प्रदान, सुझाव र अन्तरक्रिया भैरहेको
८. समुदायका हरेक व्यक्ति र परिवारहरुको पहुच स्थापित होस् भनेर Participation form through Google बनाइसकिएको।
९. गुगल फर्म निर्माण गरि भोटको आधारमा सामुदायिक भवनको नाम आदि छनौट गरिने भएको। आगामी Feb 23rd मा हुने टाउन हलमा भोटिंगको नतिजा सार्बजनिक गरिनेछ
१०. प्रभावकारी र पारदर्शी ढंगबाट सम्पूर्ण कार्य सम्पादन गर्न विभिन्न समिति तथा उपसमिति बनाउने काम भैरहेको।

हाम्रो सामुदायिक भवनको सपना सकार गर्न यो सप्ताह महापुराण कार्यक्रमलाइ पूर्ण सफल बनाउन हामी सबैले यो नारालाइ हाम्रो हरेक परिवारसंग जोड्न सक्नुपरेको छ: सबै उठौ सबै जुटौ, यो अभियानमा कोही पनि नछुटौ!डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: [email protected]
http://www.dcmetrosaptaha2019.org

सप्ताह महापुराण आयोजक मूल समितिका हाल सम्मका ६४४ जना सदस्यहरूकाे नामावली :

Press Meet 2-7-2019

प्रतिक्रिया