सिड्नीमा आज नेपाल आईडल २ को शो, ६०% टिकट सोलआउट

इनेप्लिज २०७५ माघ २४ गते २३:१७ मा प्रकाशित

रकडेल, सिड्नी–एपीवान टेलिभिजन नेपाल बाट प्रशारण भइरहेको बहुचर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुर अन्तंरगतको सिड्नी संस्करणको आज(शुक्रवार) हुने कार्यक्रम अन्तिम चरणमा प्रबेस गरेको छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको सिड्नी स्थित शार्क होटल, स्पेस नाइट क्लबमा आज बेलुकीपख फेब्रुवरी ८ (माघ २५) २०१९ मा नेपाल आईडल टप सिक्सको लाईव सो हुने छ । प्रतिष्ठाको पहिलो आवाज “मनजित्छ उसले-सुमधुर गाउँछ जसले” सब टाईटल नाम दिईएको उक्त ईभेन्ट नेपाली टच अस्टेलिया ले एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रयोजनामा गर्न लागेको हो।

नेपाल आईडल प्रतियोगिताको टप सिक्स सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड,अमित बराल र दोलखाका पवन गिरिलाई पनि ‘फ्यान फलोइङ’ र डिमाण्डको आधारमा कार्यक्रममा समावेश गरीएको यस अघि नै आयोजकले जनाईसकेको छ । सांझ ८ बजे बाट सुरुहुने उक्तकार्यक्रम रिमा बिश्बकमाले संन्चालन गनें छिन् ।

गत बर्ष जस्तै यस संस्करणको कार्यक्रम पनि भब्य र सब्य रुपमा संञ्चालन र ब्यवस्थापन हुने आयोजकहरुले केही महिना अगाडि सानो कार्यक्रमका बिच फेसबुक लाईभ मार्फत जनाएकाे थियो ।

प्रबासमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेलाभई स्वस्थ मनोरञ्जन लिनुहुन आयोजक दिपेश पुनले सबैमा सार्बजनिक अपिल समेत गनुंभएको छ ।

त्यस्तै अनलाईन माध्यम बाट ६० प्रतिशत टिकट बुकिंग तथा बिक्री भईसकेको र डोरमा समेत बॉकी टिकट बिक्री बितरण गरिने नेपाली टचका सिईयो राज के गोस्वामीले जनाएका छन्।

प्रतिक्रिया