क्यानेडियन नेवाः गुठी द्वारा ” मादल” प्रशिक्षण कार्यक्रम संचालन

इनेप्लिज २०७५ माघ २४ गते २२:५९ मा प्रकाशित

ब्राम्प्टन, बॄहत्तर टोरोन्टो क्षेत्रमा सक्रिय सामजिक संस्था क्यानेडियन नेवाः गुठीले नेपाली लोक सांगितिक संस्कृतिको प्रबर्द्दन तथा प्रचारको उद्देश्यले हालै ३ महिने मादल प्रशिक्षण कार्यक्रम को शुरुवात गरेको छ । कार्यक्रमको उद्घाटन गुथिका अध्यक्ष प्रकाश प्रधानले पानसमा दीप प्रज्वलित गरि गर्नु भएको थियो ।

कार्यक्रममा गुथिका महासचिब बिमल मान श्रेष्ठले सबैलाई स्वागत गर्नु हुदै गुठीले नेवाः संस्कृतिको साथै नेपाली सस्कृतिको पनि जगेर्ना र प्रचार गर्ने उद्देश्यले नेपाली लोकप्रिय बाजा मादलको प्रशिक्षण संचालन गरेको बताउनु भयो ।

नेपाली लोक सांगितिक समुह “हिमालयन भाईब्स” का हरि लम्सालले समुहले गरेका बिभिन्न कृयाकलाप बारे जानकारी दिनु हुदै समुहको उद्देश्यलाई सार्थक पार्ने कार्यमा गुथिको योगदान प्रशंसनिय भएको बताउनु भयो । साथै उहाँले संगीतको साधनाले क्यानडा जस्तो ब्यस्त ठाउंमा आफ्नो मनलाई शान्ति पाउने एउटा माध्यम पनि हुन सक्ने बताउनु भयो ।

एन. आर. एन. क्यानडाका सभापति तथा प्रशिक्षार्थि गोपिकृष्ण काफ्लेले एन. आर. एन. क्यानडाका बिभिन्न उद्देश्य मध्य लोक संस्कृतिको जगेर्ना पनि रहेको बताउनु हुदै यस्तो कार्यमा सदैब आफ्नो सहयोग रहने बताउनु भयो।

मादल प्रशिक्षणका प्रशिक्षक नेपालका प्रसिद्द मादल बादक सानुराजा महर्जन जस्ले ३३ वटा बाद्दे बाजाहरु एकै पटक बजाएर बिदेशमा समेत आफ्नो क्षमता देखाईसक्नु  ले नेपाली संगीतलाई अपार मायागरि ब्यस्त समयको अबस्थामा पनि सहभागिता जनाईदिनुभएकोमा आफू सार्है उत्साहित भएको छु भन्नु भयो ।

प्रत्येक मंगलबार साँझ ब्राम्प्टनको चिन्तपुर्णि माता मन्दिरमा संचालन हुने उक्त प्रशिक्षणमा २० जना महानुभाबहरुले सहभागिता लागि दर्ता गर्नु भएको गुठी श्रोतले जनाएको छ ।

प्रतिक्रिया