गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ माघ २४ गते ११:४५ मा प्रकाशित
द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।
प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्दको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ  । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हुमाँगाईँको छायाँकन , अमृत चापाँगाईँको सम्पादन , आयुश क्षेत्री प्रिन्सको निर्देशन रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा एल वि आर  एस , निशा र वियोगको अभिनय रहेको छ ।

प्रतिक्रिया