डीसी महानगर क्षेत्रमा केसी डान्सर सेन्टरको तीन वटा शाखा ,प्रशिक्षकहरुलाई भ्याई नभ्याई

विजय थापा २०७५ माघ २४ गते २:४९ मा प्रकाशित

डीसी महानगर क्षेत्रमा एक दशक भन्दा ज्यादा समय देखि बस्दै आएका प्रख्यात नृत्यांगना तथा नृत्य प्रशिक्षक द्वय नविन केसी तथा लुना केसी द्वारा संचालित केसी डान्स सेन्टर (केसी नृत्य केन्द्र ) डीसी क्षेत्रमा ३ वटा शाखा विस्तार भएको छ । द्वय परीक्षकलाई भ्याई नभ्याई भएको छ । उक्त केन्द्रले बिशेष गरि अमेरिकाको डीसी महानगर क्षेत्र जन्मिएका र यसै क्षेत्रमा बसोबास गर्दै आएका दोश्रो पुस्ताका सवै उमेरका बालबालिकालाई नृत्य प्रशिक्षण प्रदान गर्दै आई रहेको छ ।

यस क्षेत्रमा प्रथम चरणमा एक स्थानमा नृत्य सिकाउने केन्द्र खोलिएता पनि सबै क्षेत्रमा मांग बढेकोले हाल ३ वटा स्थानमा सबैलाई सरल होस् भन्ने हेतुले शाखा खोलिएको केसीले ईनेप्लिजलाई बताए । सन् २०१७ मा व्यवस्थित ढंगले नृत्य कक्षाहरु संचालन गर्दै आएको केसी डान्स सेन्टर हाल भर्जिनियाको एलेकजेनड्रीया तथा फेयरफ्याक्स ,तथा मेरिल्याण्डको गेथर्स बर्ग मा नृत्य कक्षा संचालनमा आएका छन् ।

बिशेष गरि नेपाली भाषा ,संस्कृति ,कला आदी र नेपाल झल्कने आदी प्रकारका गीत नृत्यहरु सिकाइने छन् । यसका अतिरिक्त अन्य गीत नृत्यहरु पनिको तालिम दिइन्छ ।

केसी डान्स सेन्टरले सन् २०१७ देखि “कलिवुड नाइट २०१७ ” र ‘कलिवुड नाइट २०१८ ‘बिशुद्ध सांस्कृतिक कार्यक्रम सफलता पूर्वक आयोजना गरि सकेको छ । सो कार्यक्रम केसी डान्स सेन्टर बाट प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले पनि बेजोड प्रस्तुति दिएका थिए ।

उक्त नृत्य केन्द्रका संचालक द्वय लुना श्रेष्ठ तथा नविन केसीले आफ्ना बालबालिकाहरुलाई नृत्य सिकाउन चाहना राख्ने ले सम्पर्क गर्न आग्रह गरेका छन् । आफूलाई जुन ठाउँ नजिक तथा सरल हुन्छ त्यहि आउन अनुरोध समेत गरेका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया