अमेरिका नेपाल सहयोगी समाजले निकाल्यो बार्षिक कार्यक्रम तालिका
सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले बर्ष २०१९ को लागि बार्षिक कार्यक्रम सार्बजनिक गरेको छ । गत बर्ष पनि समाजले बर्ष २०१८ मा गरिने कार्यक्रमहरु सार्बजनिक गरेको थियो ।
साथै एएनएचएस ले भित्ते पात्रो समेत निकालेको थियो भने यो बर्षमा पनि गत बर्ष झैँ नेपाली भित्ते पात्रो निकाल्ने तयारीमा लागेको छ । समाजले आगामी
जुन २ ,२०१९ आइतबारका दिन बनभोज गर्ने भएको छ । यसै गरि बिगत बर्षमा झैँ यस बर्षको अगस्त महिनाको ३ तारिख शनिबार निशुल्क स्वास्थ्य शिबिर गर्ने छ ।
अग्रिम रुपमा सन् २०१९ को अगस्त १७ तारिख शनिबार महिला दिदि बहिनि तथा चेलीबेटीहरुको लागि तीज कार्यक्रम गर्ने भएको छ । यस पटक भने गत बर्ष भन्दा अलिक पछि हे मार्केट दिवस शनिबार अक्टोबर १९ मा हुने भएको छ ।
देउसी भैलो कार्यक्रम अक्टोबर २६ ,शनिबार २०१९ का दिन मिति तोकिएको छ । अमेरिका नेपाल सहयोगी समाजको एएनएचएस एकाडेमी बार्षिक समारोह फेब्रुअरी ९ आइतबार २०२० मा हुने छ । यसै गरि अप्रिल २५ शनिबार को दिन नेपाली नया बर्ष तथा एएनएचएस बार्षिक बैठक गर्ने निर्णय गरेको छ ।
संस्थाकि अध्यक्ष कमला खरेलले अग्रिम रुपमा संस्थाले राखेको कार्यक्रममा यस डीसी महानगर क्षेत्रका कुनै पनि संघ/संस्थाले उक्त मितिमा कार्यकम नपारी दिनु हुन् आग्रह गर्नु भएको छ ।
अध्यक्ष खरेलले संस्थालाई माया गर्नु हुने सबैमा अग्रिम रुपमा निम्तो यसै बाट दिन चाहेको बताउनु भएको छ ।
नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा
ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते
अमेरिकामा राष्ट्रिय आपतकाल
अमेरिकाबाट आयो नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’
डीसीमा प्रेम दिवसको अवसरमा गायिका रिता श्रेष्ठको ‘सपनामा भए पनि ” म्युजिक भिडियो सार्वजनिक
प्रतिक्रिया