सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:३८
वासिङटन डिसी 16:53

ताजा समाचार : अमेरिकाले मेक्सिकोको सीमामा ३ हजार ७ सय ५० सेना पठाउने

इनेप्लिज २०७५ माघ २० गते २२:०० मा प्रकाशित

अमेरिकाले मेक्सिकोको सीमामा ३ हजार ७ सय ५० सेना पठाउने पेन्टागनले घोषणा गरेको छ । थप क्रियाशील कर्तब्य सेनाहरु कुल मिलाएर ४ हजार ३ सय ५० गरिने छ । अब को ९० दिन भित्र थाप इकाईहरु मेक्सिको को सीमामा तैनाथ गरिने भएको छ । दक्षिणी सीमा सुरक्षालाई रक्षा तथा सुदृढ़ गर्न हामी निरन्तर मुल्यांकन गर्ने पेन्टगन ले बताएको छ ।

अन्दाजी २ हजार ४ सय सकृय सेनाहरु सीमामा कर्तब्य (ड्युटी)गरि रहेका छन् । अत्यधिक सैनिक घर जाने र उनीहरुको बदलामा नया सैनिक पठाइने पेन्टागनले जनाएको छ ।

यदि सीमा पर्खाल बनाउने उनले माँग गरेको रकममा सम्झौतामा पुग्ने अवस्था नपुगेमा राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपातकालीन घोषणा गर्ने संकेत गरेका छन् ।ईतिहास मै पर्खाल बनाउन रकम निकासी नहुँदा ३५ दिन संघीय सरकार आंशिक बन्द रहेको थियो ।

स्रोत : फक्स न्युज

तस्बिर :सीएनएन

प्रतिक्रिया