मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:४१
वासिङटन डिसी 08:56

न्यूजर्सीमा बनावटी रुपमा आफै चिप्लेर भुईमा लडेको भन्दै बिमा दावी गर्ने व्यक्ति यसरी फसे

इनेप्लिज २०७५ माघ २० गते १७:३१ मा प्रकाशित

अमेरिकाको न्यू जर्सी राज्यमा नियत खराव सहित बनावटी रुपमा आफै चिप्लेर भुईमा लडेको भन्दै बिमाको दावी गर्ने व्यक्ति माथि आरोप लागेको छ । अमेरिका जस्तो मुलुकमा सबै स्थानमा तथा भवनहरुका कुनामा जडान भएका चित्रग्राहिणी ( क्यामरा) ले उनले गरेको अभिनय बेकार गएको छ ।

उनले मुर्ख बनाउने उद्धेश्य सहित उनि नक्कली रुपमा आफैले भुइमा बरफ टुक्रा खसाएर आफै लडेको चित्रग्राहिणी ले उदाङ्गो बनाई दिए पछि उनि हाल बिमा जालसाजीको आरोपमा फन्दामा परेका छन् । ५७ बर्षिय एलेकज्यानडर गोलडिनस्कि नामक स्वावलम्बी ठेकेदार नराम्रो संग फसेका छन् । संकलन गरिएको उनको भिडियो तथा तस्बिरहरुबाट उनले आफै पहिला बरफको टुक्रा भुईमा फ्याकिएको देखिन्छ ।

उनले बिरामी बाहक सवारी साधन ( एम्बुलेन्स) तथा स्थानीय अस्पतालमा ओखति उपचार गराएको समेत बिमा संस्था संग दावी गरेको वादीले बताएका छन । उनि माथि बिमा जालसाजी तथा धोखा तथा चोरीको आरोपको सामना गरि रहेका छन् ।

स्रोत :युपीआई

प्रतिक्रिया