नेपाल आईडल (सिजन २) का टप सिक्स कलाकारहरुले तास्मानिया तताउने

इनेप्लिज २०७५ माघ २० गते १४:४६ मा प्रकाशित

तास्मानिया, अष्ट्रेलिया, सिड्नी–एपीवान टेलिभिजन नेपाल बाट प्रशारण भइरहेको बहुचर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुर अन्तंरगतको तास्मानिया संस्करणको कार्यक्रम घोषणा तथा पोस्टर बिमोचन भएको छ । पछिल्लो समय नेपाली समुदायको केहि बाक्लो बसोवास बढेको/रहेको अस्ट्रेलियाको तास्मानिया स्थित होवट, सिटीवाईड ब्यावटिष्ट चर्चमा यही आउँदो फेब्रुवरी १७(आईतवार) २०१९ मा नेपाल आईडल टप सिक्सको लाईव सो हुने भएको छ। “मनजित्छ उसले-सुमधुर गाउँछ जसले” सब टाईटल नाम दिईएको उक्त ईभेन्ट, एक्सपोलोर ईभेन्ट अस्ट्रेलियाले कणेंल एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रयोजनामा गर्न लागेको हो।

नेपाल आईडल प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बराल र टप सिक्सबाट बाहिरिएका दोलखाका पवन गिरिले पनि ‘फ्यान फलोइङ’ र डिमाण्डको आधारमा कार्यक्रममा समावेश गर्न लागिएको आयोजकले जनाएको छ । अग्रीम बुकिंगमा २५ डलर र डोर सेलमा ३० डलर टिकट रहेको यस कार्यक्रम सांझ ५ बजे बाट सुरुहुने जनाईएको छ भने उक्तकार्यक्रम रिमा बिश्बकमाले संन्चालन गनें छिन् ।

प्रबासमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेलाभई स्वस्थ मनोरञ्जन लिनुहुन आयोजक सदस्य कबिन कर्मचार्यले सबैमा सार्बजनिक अपिल समेत गनुंभएको छ ।

प्रतिक्रिया