अमेरिकाको भ्रमणमा आएका जो कसैले पनि जान्नै पर्ने कुराहरु

विजय थापा २०७५ माघ २० गते १४:४६ मा प्रकाशित

अमेरिका आई स्थायी रुपले बसोबास गर्ने नेपालीहरुले आफ्ना परिवार ,बुवाआमा,परिवारका सदस्यहरुलाई मिल्न सक्ने र पैसाले पुगे अवस्था छ भने बोलाउने गर्दछन । यसरी आउने जाने क्रम जारी छ । यो निरन्तर चलि रहेको छ ।

नेपालमा बाट पति/पत्नी/छोराछोरी/बा/आमा/ससुरा/सासु /दाजुभाई /दिदि बहिनि तथा नातेदारहरु आई रहन्छन । आफ्ना परिवार बाहेक साथीभाई इष्ट मित्र सबै मिल्ने छ र प्रवेशआज्ञा अमेरिकन दुताबासले जारी गरेमा आउदछ्न ।

तर अमेरिका आए पछि सबै भन्दा पहिला जो आउछ आफूले अमेरिकामा घरमा प्रयोग हुने चिजहरु ,सामानहरु ,पकाउने जिनिसहरु आदि ईत्यदिको बारेमा सामान्य जानकारी दिनु अति आवस्यक हुन्छ ।

त्यसमा पनि अलिक बृद्ध अवस्था या उमेरका सबैलाई पूर्णरुपमा घरमा बस्दा चलाउने बिधि ,के गर्नु हुन्छ ? के गर्नु हुदैन ? कसरी चलाउने ,घर बाहिर छेउछाउमा निस्कदा के गर्ने ? ढोका कसरी लगाउने ? बाहिर निस्के पछि थुनिएमा के गर्ने आई ईत्यादी बारेमा अमेरिकामा बसोबास गर्ने या बोलाउनेले जानकारी दिनै पर्छ ।

अमेरिकामा बस्नेले उनीहरुले थाहा पाई हाल्छन भन्ने सोच्नु हुदैन । आफूले सैद्धान्तिक रुपमा भन्दा पनि प्रयोगात्मक (प्राक्टिकल )रुपमा घर रहेका चलाउनु पर्ने कुराहरुमा ज्ञान दिनु अपरिहार्यता हुन्छ ।

आफूले सैद्धान्तिक रुपमा भन्दा पनि प्रयोगात्मक (प्राक्टिकल )रुपमा घर रहेका चलाउनु पर्ने कुराहरुमा ज्ञान दिनु अपरिहार्यता हुन्छ ।

किनभने अमेरिकामा हरेक चिज स्वचालित (अटोमेटिक ) हुन्छ । सवारी साधन पनि स्वचालित हुन्छ । घरमा जडान गरिएका चीज स्वचालित हुन्छन । तर नेपालमा सबै कुराहरु अधिकांश रुपमा हस्तचालित हुन्छ ।

अमेरिकामा आवासीय घरहरु सबै काठले बनेका हुन्छन । त्यसैले सावधानी अपनाउनु पर्ने हुन्छ । छिरिक्क गर्यो भने घर एकै छिनमा घर जलेर नष्ट हुन्छ ।  अमेरिकामा बसोबास गर्नेले आफूले बोलाएका पति/पत्नी/छोराछोरी/बा/आमा/ससुरा/सासु /दाजुभाई /दिदि बहिनि तथा नातेदारहरुलाई प्रारम्भिक ज्ञान दिनु जरुरी हुन्छ ।

सबैभन्दा पहिला ,घरमा नेपाल बाट जो सुकै आएता पनि हामी काममा जानै पर्छ । चलन नै त्यस्तो हुन्छ । जो कोही नवआगन्तुक या अतिथिहरुलाई घर जिम्मा लगाउनु अगाडी सावधान र सतर्कता अपनाउन लगाउनु पर्छ ।

अमेरिकामा घर भित्र रहेका बिशेष गरि लुगाधुने यन्त्र ,भात पाउने इन्धन चुलो, भाडा माझ्ने यन्त्र ,ढोका र झ्याल लगाउने तरिका ,बिधुतिय कुचो (भ्याकम) आपतकालीन अवस्थामा ९११ मा कसरी कुरा गर्ने ,केही आकस्मिक परेमा आफूलाई तु कसरी कार्यस्थलमा भए पनि सम्पर्क गर्न लगाउने आदी ईत्यादी कुरामा पोख्त बनाउनु पर्छ । अनि मात्र हामी बाहिर निर्धक्क भएर जान सक्छौ ।

अमेरिकामा बिशेष गरि बृद्ध भएका बाआमाहरु ,उमेर ढल्केका दाजुभाई ,दिदि \बहिनि तथा आफन्तहरु फसेका छन् । स्नान गर्न पस्यो ,स्नान गृहमा समस्या आई पर्छ । चिया पिउन मन लाग्छ तर स्वचालित चुलो चलाउन लाग्दा घरमा ठूलो धुवा हुँदा घरमा जडान गरिएका धुवाँ संसूचक (स्मोक डिटेक्टर ) कराएर आपत । प्रहरी र छरछिमेक आउदछ्न ।

लुगा कसरी धुने कति लुगा मात्र राख्नु पर्छ भन्ने नजान्दा लुगा धुने यन्त्रबाट पानी बाहिर निस्केर घरबेटी घर आउँदा घर भरि पानी को पोखरी बन्दछ । सबै भन्दा पहिला भात र तरकारी पकाउदा कसरी बिधुतिय यन्त्र या इन्धन ( ग्यास( चुलो ) बाल्ने भन्ने प्रयोगात्मक रुपमा २-४ पटक सिकाउनै पर्छ ।

नुहाउन गयो तातो पानी र चिसो पानी लाई कसरी मिलाउने भन्ने जाँदा तातो पानीले पोलेर आत्था पोल्यो भन्ने अवस्था पनि आई पर्छ । ढोका लगाउन नजान्दा बृद्धबुवा आमा तथा जो कोही थुनिने पनि हुन्छन ।

ढोका लगाउन नजान्दा बृद्धबुवा आमा तथा जो कोही थुनिने पनि हुन्छन ।

घटना भएका छन् । घरमा एक्लै छोडेर गएका बुवाआमा बाहिर यसो निस्कन्छु भन्दा दिन भर बाहिर को बाहिर नै बस्नु पर्ने पनि घटना भएका छन् ।

बाहिर घन्टी बजाउदा हेरेर मात्र खोल्नु भन्नु पर्छ । नेपाल जस्तो जो कोहीलाई पनि खोल्ने चलन अमेरिकामा हुदैन । सावधान र सतर्कता अपनाउन लगाउनु पर्छ । नेपालमा जस्तो घरमा रहेको दुरभाषको घन्टी बज्ने बित्तिकै उठाउने चलन हुदैन । को बोलेको हो ? क कसको त्यस्तो घन्टी आउछ ? यस्ता कुरामा ध्यान दिनु पर्छ भनि सुरु मै बताउनु पर्छ ।

आफू काममा जानु अगाडी खानेकुरा राखेर सबै कुराहरु प्रष्ट बताउनु पर्छ । कहिले काही इन्धन चुलो बाल्न नसकेर भोकै पर्नु पर्ने पनि हुन्छ । अमेरिकामा ढोकामा नेपाल जस्ता चुकुल नहुने भएकोले प्रयोगात्मक रुपमा सिकाउनु पर्छ ।

नत्र थुनिने हुन्छ । कहिले काही शौचालय खोल्न र बन्द गर्न नआउदा थुनिएका घटना भएका छन् । सबै भन्दा अमेरिकामा आगो संग सावधान हुनु पर्छ ।

सबै भन्दा अमेरिकामा आगो संग सावधान हुनु पर्छ ।

बालबालिकाहरुका लागि सलाई जस्ता चिजहरु माथि राख्ने लुकाउने गर्नु पर्छ ।

अमेरिका आएका नेपाली समुदायलाई यस्ता कुराहरुको ज्ञान हुने भएता पनि आफूले नया मान्छेलाई सिकाउनै पर्छ । नत्र ठूलो नोक्सान आफूले भोग्नु पर्ने हुन्छ । घरमा बिशेष गरि बसी रहेका बाबु आमा र बृद्ध अवस्थाका जो कसैलाई पनि आफ्नो सम्पर्क संख्या ठूलो अक्षरमा लेखि प्रयोगात्मक रुपमा चलाउन सिकाउनु पर्छ । किनभने आपतकालिन अवस्थामा केही नजान्दा ज्यान जाने र ठूलो दुर्घटना समेत हुन् सक्ने हुन्छ ।

र बिसेष गरि बृद्ध अवस्थाका बुवाआमा लगायत लाई बाहिर निस्कदा घरको ठेगाना अंग्रेजीमा सानो कागजमा लेखि दिने। छोराछोरी को सम्पर्क संख्या (फोन नम्बर ) दिने गर्नु पर्छ । किनभने यसो गरेमा ढोका खोलेर बाहिर निस्केका बृद्ध बुवाआमा ले कम्तिमा पनि छोराछोरी काम बाट घर आउनु अगाडी नै सम्पर्क गर्न सक्ने बनाउनु पर्छ ।

समग्रमा मानिसए जन्मने बित्तिकै सिकेका हुदैनन् । बिस्तारै सिक्दछन । अमेरिका आएका सबैले यसै गरि कसैले सिकाएका हुन् । सिक्न समय लाग्दैन । उनीहरुले एकै पटकमा जान्दछ्न भने सोच्नु हुदैन । प्रयोगात्मक रुपमा पटक पटक सिकाउनु । नेपालमा क्षयरोग ( टीबी) भएका बिरामीलाई प्रयोगात्मक रुपमा सिकाएको झैँ गरेमा यस्ता कुराले नेपाल बाट आएका जो कसैले दुख पाउदैनन ।

अस्तु !

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया