आइतबार, माघ ९ २०७८
काठमाडौं ०७:५८
वासिङटन डिसी 21:13

डेलिगेट भण्डारी ककसमा निर्वाचित

एएपीआईको कोषाध्यक्ष बने भण्डारी

इनेप्लिज २०७५ माघ २० गते ६:४६ मा प्रकाशित

 


मेरिल्याण्ड, अमेरिका,फ्रेब्रुअरी १ । मेरिल्याण्ड राज्य विधान सभामा निर्वाचित डेलिगेट एचबी भण्डारी एशियन मूलका विधायक तथा सिनेटरहरुको समूह एएपीआई (एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स) को कोषाध्यक्षमा निर्वाचित भएका छन् । यो समूह मेरिल्याण्ड राज्यको विधान सभामा निर्वाचित एशियन तथा प्यासिफिक आइल्याण्डर्स क्षेत्रबाट अमेरिका आई यहाँको मूलधारको राजनीतिमा निर्वाचित भएका विधायकहरुको ककस समूह हो । भण्डारी मेरिल्याण्ड विधान सभामा डेलिगेटको रुपमा निर्वाचित हुने नेपाली मूलका पहिलो अमेरिकी हुन् ।

शुक्रवार यो समूहको नेतृत्व चयनको प्रक्रिया पुरा भएको हो । जस अनुसार राज्य सभाकी सिनेटर सुजन ली यो समूहको अध्यक्ष रहेकी छिन् । सुजन ली चाइनिज मूलकी हुन् र उनी सन् २०१४ देखि मेरिल्याण्ड राज्य सिनेटर निर्वाचित छिन् । उनी मेरिल्याण्डको सिनेटरमा निर्वाचित हुने पहिलो एशियन अमेरिकन हुन् । सन् २००२ मा उनी पहिलोपटक डेलिगेटको रुपमा निर्वाचित भएकी थिइन् । चाइनिज मूलबाट निर्वाचित हुने उनी पहिलो विधायक पनि हुन् । हाल उनी राज्य सिनेटमा मेजरिटी ह्वीपको रुपमा सेवारत छिन् ।

सन् २०१५ देखि क्रियाशील रहेको एएपीई ककस राज्य संसदका पाँच मूख्य ककश मध्ये महत्वपूर्ण मानिन्छ । यस ककसको प्रथम उपाध्यक्षमा क्रिसेल्डा भाल्डारामा, उपाध्यक्षमा क्लारेन्स लाम निर्वाचित भएका छन् । लामले साउथ एशियन मूलका जे जेलेसीलाई फराकिलो मत अन्तरले हराएका थिए । लाम मेरिल्याण्ड जनरल एसेम्वलीमा सिनेटरको रुपमा कार्यरत छन भने उनी जन हप्किन्स अस्पतालको कार्यकारी निर्देशकको रुपमा समेत काम गर्छन् । उनी अमेरिकाको पेन्सिलभेनियामा जन्मिएका चिनियाँ मूलका हुन् ।

यस ककसको कोषाध्यक्षको रुपमा नेतृत्व तहमा नेपाली मूलका विधायक भण्डारीको विजयलाई महत्वका साथ हेरिएको छ । ककसको नीति निर्माण तहमा ओनेका फिसरलाई निर्वाचित गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे लिले एएपिआई सँग चासो रहेका विभिन्न मुद्दाहरुमा ककसले काम गर्ने जानकारी दिईन ,उनले यस्ता कार्यक्रमहरुमा डाका ( वाल्य अवस्थामा अमेरिकामा आएकाहरुको लागि प्रदान गरिएको आप्रवासन सुविधा) , यूभिषाको प्रक्रिया लगायत विभिन्न विषयहरु रहेको समेत वताईन ।
कार्यक्रममा मेरिल्याण्ड राज्यकी टेजरर न्यासी कोपले विभिन्न आर्थिक तथा वित्तीय विषयमा डेलिगेट तथा सिनेटरहरुलाई जानकारी गराएकी थिईन् । ककस समूहले आगामी मार्च १२ तारिखमा लेजिसलेटिभ ककस नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रममा एएपिआई ककसका कार्यकारी निर्देशक माईकल लोरेले आगामी कार्ययोजनाको वारेमा जानकारी गराएका थिए । एएपीआई ककसमा भारतीय मूलका पहिलो निर्वाचित प्रतिनिधि कुमार बार्बे,मार्क एस चाङ्ग,डेभिड मून लगायतका सिनेटर तथा डेलिगेटहरु रहेका छन् ।

स्रोत : ग्लोब नेपाल

प्रतिक्रिया