“ मनमा नेपाल”बोलको राष्ट्रीय गीत बजारमा छिट्टै आउदै

इनेप्लिज २०७५ माघ १९ गते १८:१० मा प्रकाशित

नया पुस्ताका नेपाली संगीतकर्मी मध्ये नेपाली गीत संगीतलाई कर्मथलो बनाउन मैदानमा उत्रेका युबा गायककार /संगीतकार हुन डम्बर हिङ्माङ  ।

उन्को संगीत र स्वरमा हाल क्यानडा बस्तै आउनु भएको नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ ।

नया युवापुस्ताका संगीतकार र नया पुस्ताको संगीतलाई प्रोत्साहन गर्नुपर्छ । हिङ्माङ अगाडी बताउनु हुन्छ… म आफै यो क्षेत्रमा नया समेत भएकोले नया कलाकारसंग सहकार्यमा नया प्रस्तुति दिन खोजीएको छ।

करिब छ महिनाको सहकार्यमा यो गीत  तयार हुदैछ । देशप्रेम, राष्ट्रीय भावना र सन्देशमूलक शब्द भएकोले संगीत तयार गर्न अलि बढि समय लागेको तर सोचेको जस्तै गीत बन्नेमा गायककार संगीतकार  हिङ्माङ बताउदछन ।

प्रतिक्रिया