शनिबार, माघ ८ २०७८
काठमाडौं १३:३९
वासिङटन डिसी 02:54

छोराको जन्मदिनमा चितवनका चेपाङलाई अमेरिकाबाट सहयोग

इनेप्लिज २०७५ माघ १९ गते ३:१० मा प्रकाशित

न्युयोर्क, अमेरिका बिगत केही बर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका काठमाडौका एक दम्पत्तिले छोराहरुको जन्मदिनको उपलक्ष्यमा चितवनका चेपाङलाई सहयोग पठाएका छन् । ।

काठमाडौ जोरपाटीका स्थाई बासिन्दा अमृत चालिसे र गिता चालिसेले एउटै महिनामा पर्ने आफ्ना दुई छोराहरु आशुतोष र सास्वत चालिसेको जन्म महोत्सबको उपलक्ष्यमा चितवनका चेपाङहरुको सहयोगमा रु ५० हजार सहयोग गरेका हुँन् । चालिसे दम्पत्तीले अमेरिकामा हुर्किदै गरेका आफ्ना सन्ततिको जन्मदिनको केक र जमघट भन्दा चितवन कान्दाका चेपाङ बच्चाहरुकोलागी सहयोग धेरै जरुरी ठानेर सहयोग गरेको बताए ।

अब हरेक बर्ष फेब्रुअरी महिनामा रु ५० हजार नियमित सहयोग पठाउने समेत उनिहरुले बताए । नेपालमा रहँदा लायन्स क्लब मार्फत सामाजिक कार्यमा सक्रिय चालिसेले अमेरिका आए पछी पनि नियमितरुपमा नेपालका बिद्यालयहरुलाई कम्प्युटर शैक्षिक सामाग्री लगायतको सहयोग पठाउदै आएका उन्ले यस् पटक देखी कान्दाका चेपाङको शिक्षा र स्वास्थमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

बिगत केही बर्ष देखि चितवन जिल्लाको कान्दामा सामाजिक क्षेत्रमा सक्रिय लक्ष्मी प्रतिस्ठानले स्थानिय १०० भन्दा धेरै चेपाङ बच्चाहरुको जिम्मेवारि लिएर उनिहरुको लागि उचित शिक्षा स्वास्थ आबास जस्ता क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । लक्ष्मी प्रतिस्ठानले आफ्नो प्रत्यक्ष्य निगरानीमा दुर्गम कान्दामा आवास संचालन गर्दै आएको छ ।

प्रतिक्रिया