सोमपालले दिए नेपाललाई अर्को सफलता

इनेप्लिज २०७५ माघ १७ गते १०:४९ मा प्रकाशित

काठमाडौँ, १७ माघ । यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

सोमपालले यूएईका ओपनर घुलम शब्बरको विकेट लिएका हुन्। त्यसअघि सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए।

टोलीको दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा नै यूएईका ओपनर अस्फाक अहमदलाई बसन्त रेग्मीको हातबाट क्याच गराएका थिए। अस्फाकले २ रनमात्रै जोड्न सके।

दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा जारी खेलमा नेपालका लाग तीन खेलाडीले टि-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।

मध्यक्रमका ब्याट्सम्यानहरु रोहितकुमार पौडल र सन्दीप जोरा र तीव्र गतिका बलर अभिनाश बोहराले पहिलोपटक नेपालबाट टि-२० अन्तर्राष्ट्रिय खेलिरहेका हुन्।

प्रतिक्रिया