सडकको आवाज सदनमा कहिले सुनिन्छ ?

शान्ति बस्नेत २०७५ माघ १६ गते २३:१८ मा प्रकाशित

शान्ति बस्नेत,

‘नेपाली हौं बीर झुक्दैन न यो शीर’ भन्ने गीत यता कतै गुञ्जदा पनि सुन्नदा नै आनन्द आउने गर्छ । तर नेपालीहरु आफ्नो दुःखलाई लुकाउन सकेसम्म नेपालीले नै दुःख भोगेर लुकाउन हामी सबै तयार हुन्छौं । जस्तो सुकै आपत विपतमा पनि हामीहरु आफु मरेर भए पनि यो देशको नामलाई जोगाई राख्न हामी एकजुट हुने गरेका छौं । शान्तिको देश वुद्धको जन्मभूमि भनेर विश्वव्यापी रुपमा चिनिने देश नेपाल आज नारीहरुलाई एउटा अस्थित्व विहिन प्राणीको स्थानमा राखिएको छ ।

नारीलाई भ्रुंणदेखि वृद्ध हुने वेलासम्म हेला गर्छन । यो समाजमा कहिले काही नारी भएर जन्म लिदा हिनताको बोध हुने गर्दछ । नारी भएर यो धर्ती मातामा पाइला टेकेर भूल भएछ झैं लाग्छ । देशमा रात दिन नभनी यो देशलाई बढी नै माया गर्ने नारी र आमालाई हाम्रो देशमा किन दोस्रो दर्जामा राखिएको छ ? यो आम नारीहरुको आवाज हो । किन नारीको जताततै नारीको अस्थित्व मेटिने गरी हिंसात्मक गतिविधि बढ्दै गएका छन ।

सरकार मात्रै हैन, नारीको लागि केही गर्छु भनेर पदमा आसीन महिला नै नारीको विषयमा मौन हुने गरेका छन । नारी हरेक कुराहरुमा पछाडी पर्दासम्म किन कसैको आवाजलाई सडक देखि सदनसम्म आउँदैन् । अब नारीको मर्म नारीले नै बुझ्ने कोशिस गरिदिनु पर्छ । नारीलाई पुज्ने हैन नारीको भावनालाई सम्मानका साथ वुझ्नु पर्दछ । नारीलाई अनुभूति हुने शान्ति सुरक्षा दिलाउन सक्नु पर्छ । नारीले पनि यो देशका निम्ति नाम, दाम दण्डभेद सबै कमाउन सक्ने हैसियत आजका दिनसम्म आउँदा गर्न सक्ने भएका छन् । तर के गर्नु ? समाजमा बस्ने नै मानव नामदा कु–कर्मबाट ख्याति कमाउन जागरुक भएका दानब जातिले नारीको सम्पूर्ण अस्थित्वमा दाग लगाउन मात्रै हैन नारीको ज्यानसम्म पनि लिनपछि परेका छैनन् । यो समाज पहिला भन्दा धेरै नै अग्रसर र शिक्षित बनी सकेको छ । तर यहाँ बस्ने मानिसहरुको सोच भने एकदमै संकुचित नै हुने गरेको छ ।

समाजमा अब नारी भनेर पहिला जस्तै नारीले मात्रै नारीको काम वा घर धन्दा चुलोचौका र घाँसदाउरा र मेलापात गर्ने मात्रै नारीको काम हो भनेर यसरी सोच्नु नै हाम्रो कम्जोरी हो । नारी पुरुष बराबरी भनेर हामीले विभिन्न पुस्तकमा लामो समय देखि नै अध्ययन गरेरआई रहेका छौं । ज्ञानका कुराहरुलाई अब त व्यवहारमा पनि ल्याउन प्रयास गरिरहेका कुरा हामी सबैलाई दैनीक कृयाकलाप गर्दा थाहा नै भएको छ । यस्ता कुरा थाहा हुदाँहुदै पनि नेपालीको बानी खाली सैद्धान्तिप्रति विश्वास गर्ने मुल आधार लाग्ने गर्छ । परिवर्तन त स्वयम आफूबाट नै हुनुपर्छ । यहाँ पञ्चायत काल देखिका नारीलाई गरिने भेदभावको हिसाव किताव हेर्ने हो भने त्यो स्थितिबाट यो स्थितिसम्म आउँदा त आकाश पत्तालकै फरक मान्नु पर्छ । नेपालीको बानी केही भएन भनेर खाली गुणासो मात्रै गर्दै हिंड्छाँै ।

अब हामी आफैले पनि केही गर्नु पर्छ,भन्ने सोच राखेर अघि बढ्नु पर्छ भनेर अघी वढ्नु पर्ने आजको आवश्यकता हो । नारी हो यो समाजमा सुरक्षाको हिसावले पुरुषको तुलनामा एकदमै कम्जोर वर्गमा परेका छौं । हामीहरुलाई कम्जोर पुरुषहरुले वनाएका हैन । यो समाजमा सोच्न सक्ने क्षमता नभएका कम्जोर मानिसका नाम गरेर परिचित दानवहरुले नारीको जीवन माथि खेलवाड गरेर यो समाजमा नारीलाई सिकार बनाई रहेका छन् । अब त्यस्ता शिकार गर्ने मानिसहरुको जालमा नफस्ने वातावरण बनाउन सम्पूर्ण नारी र पुरुषहरु एक हुनु पर्छ । कुनै पनि नारी जो कोहीबाट सुरक्षित हुनन् भने त्यस्ता कु–कर्म गर्न दुस्प्रयास गर्ने दावनलाई नाताबाद, कृपाबादले ढाकछोप नगरौं यस्तो ढाकछोप गर्ने क्रृयाकलापले नै नारी माथिको धेरै अस्मितता लुटिरहेका छन् ।

आजका दिनसम्म पनि पुरुषका तुलनामा कमै मात्रमा पद र प्रतिष्ठामा आसीन हुनु हुन्छ । सडकका नारीका आवाजलाई सदनसम्म पु¥याउने हैसियत त्यति सुधारिएको छैन् । त्यहि भएर पनि नारीको आवाज सदनमा ओझेलमा पर्ने गरेको छ । जो जति नारी उच्च पदमा पुगेको भए पनि नारीहरुलाई पुरुष प्रदान देशको नै हालिमुहाली अझै पनि चलेकोले आवाजलाई स्वतन्त्र रुपमा प्रस्फुटन गर्न मनाही नै जस्तो छ ।

पुरुषले भनेको मात्रै चल्ने नारीको चाहि केहि पनि सबैको माझ समस्या राख्दा पनि सुनुवाइ नै नहुँने चलन अझै पनि व्यापक रुपमा चलि नै रहेको छ । नारीलाई भन्ने गरिन्छ नारी बोल्न नै सक्दैनन् नारी कहाँ गएर बोल्ने त ? केही अलि कति धेरै बोल्यो भने उख्खान टुक्का जोडिदिन्छन, ‘पोथी बासेको असुभ हुन्छ’ हो ।

यस्तै अन्धभक्ताहरुले गर्दा त नारीलाई विभिन्न किसिमबाट हिंसामा पारिन्छन त के गर्नु यो समाजले नारीलाई दबाउने किसिमका मात्रै संस्कृतिको पनि व्यवस्था गरेको छ । अब यस्ता विभिन्न संस्कृतिलाई हटाउने मानसिकता हैन, तर नारीलाई कुनै कुरामा पछाडि बनाइने खालका र नारीलाई सुरक्षा परिधि भन्दा बाहिर राखेर वनाइएका सम्पूर्ण संकृतिलाई हामीले त्यस्को जरो नै फाल्ने गरिने खालका काम गरिनु पर्छ । नारीका विषयमा संविधानका ठेलीमा पनि राम्रा राम्रा सकारात्मक कुराहरु ती हातहरुले कम्पन गर्दै लेख्नु भएको त छ नी ! तर विडम्वना के छ, भने त्यही ठेलीमा भएका कुराहरुलाई नारी माथि जताततै हिंसा हुँदा ठेली पल्टाएर कारवाही गर्न सक्नु भएन । हो यो हामी सम्पूर्ण नारीहरुको गुणासो हो, संविधानका पानाहरुमा सजाउने पुस्तकालयमा सजाउने र नारीलाई अब सैद्धान्तिक रुपमा सुरक्षित बनाउने प्रयास नगर्नु होला । नारीलाई व्यवहारिक रुपमा सुरक्षित बनाईनु पर्छ ।

नारीलाई अबका दिनमा ती संविधानका धारा र उपधारा कोर्ने कलम समाउने अधिकारदेखि सामान्य पुरुष जती बोल्न सक्ने अधिकार दिएपछि मात्रै पनि नारीहरु माथि त्यत्रो हिंसाको सिकार बन्नु पर्दैन थियो । नारीलाई नारीको रुपधारण गरेर सुरक्षाको तवरमा सुरक्षाको व्यवस्था दिन सक्ने आत्मादेखि नै नारी माथि सम्मान व्यवहार दिन सक्ने प्रावधान मिलाउन सक्नु पर्छ । नारीले आफू सुरक्षित छु, भन्ने भरोसा गर्न सक्ने बातावरण हुन्छ ।

सम्मान सैद्धान्तिक हैन नारीलाई व्यवहारिक चाहिएको छ । नारीलाई पनि सुरक्षित हुने खालको वातावरण सृजना गरी समृद्ध देश बनाउनका निम्ति सबै जना एकजुट हुन आह्यन पनि हामी नारीहरुले गर्छौं । सबै यो समाजमा बसोवास गर्ने मानिसहरुले सकरात्मक सोच वनाएर सबैका लागि सुरक्षा भन्ने मूल नारालाई आत्मासाथ गरी अगाडि बढेमा नारीलाई “खै त सुरक्षा ? खै त अधिकार ?’ भनेर सडक र सदनमा आवाज निकालनु पर्दैन थियो । साथै नारी हुँ भनेर विभिन्न किसिमका तनावपूर्ण वातावरणमा ज्यूँनु पर्ने अवस्था आउने थिएन ।

त्यसैले सभ्य र भव्य समाज निर्माणका लागि हामी “आधा आकाश नारी, आधा आकाश पुरुष’ भन्ने वाक्यांशलाई सार्थकता दिन आफ्ना आफ्नो स्थानबाट जसरी सकरात्मक कुराहरुको बढी आगमण गर्न सकिन्छ । अब नकारात्मक कुराहरु गर्न वन्देज गरौं । सकारात्मक काम र कुराको व्यापक व्यवहारमा ल्याउने कोशिस गर्नु पर्छ । नारीहरुलाई समाजमा सकारात्मक र रचनात्मक काम गर्न अवसर दिनु पर्छ । अनि मात्र यो समृद्ध समाजको अवधारणालाई व्यवहारिक रुपमा अनुभव गर्न सकिन्छ । देशलाई सभ्य बातावरण बनाउन र बिभिन्न खालका बिकासका कामहरुलाई गति लिन दिन महिलाको विशेष भूमिका रहने गर्दछ ।

समाज परिवर्तन गर्ने नै हो, भने नारीलाई पनि पुरुष बराबरी स्थान दिइएर कामहरुमा सक्रृया बनाउन सक्नु पर्छ । अबका दिनहरुमा नारीहरुलाई अधिकारको नाम र सुरक्षाको नाममा सडक र सदनमा भिख माग्ने भिखारी नवनाइदिइयोस् । नेपाल की छोरी नेपाली हुँ भनेर जुनसुकै स्थानमा पनि उच्च शिर बनाएर हिड्न सक्ने छोरी बन्न चौतर्फि सकारात्मक सन्देश दिन सकौं, सिकौं र सिकाउ ।

प्रतिक्रिया