सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:४६
वासिङटन डिसी 17:01

चिसोले अमेरिकामा सातजनाको मृत्यु

इनेप्लिज २०७५ माघ १६ गते १९:०३ मा प्रकाशित

 ८५ प्रतिसत भुभाग चिसोको चपेटमा

अमेरिकामा चिसोका कारण सातजनाको मृत्यु भएको छ । बुधबारदेखि चिसो झन बढेको छ । ८५ प्रतिसत भुभागको तापमान शुन्यभन्दा तल झरेको छ ।

शिकागोको तापक्रम माईनस बुधबार माईनस २७ फेरनेहाईट छ तर त्यहाँ माईनस ४४ डिग्री फेरनेहाईटको धु्रवीय हुरी चलेको छ । यसैगरी, न्यूयोर्कमा माईनस १३ र राजधानी वासिड.टन डिसीमा माईनस ६ डिग्री फेरेनहाईटको चिसो हुरी चलेको छ ।

सात करोड अमेरिकी बसोबास गर्ने मध्यपस्चिम भागमा अन्य स्थानमाभन्दा बढी चिसो छ । अमेरिकी हुलाक सेवाले मध्यपस्चिमी भागमा बुधबार चिठ्ठीपत्र बितरण रोकेको छ ।

बुधबार यो दशककै चिसो दिन रेकर्ड भएको छ । चिसोबाट २३ करोड मानिस प्रभावित भएका छन् । बिहीबार तापक्रम अझ झर्ने अनुमान छ । हजारभन्दा बढी उडान रद्द भएको छ ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया