शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:३३
वासिङटन डिसी 08:48

दुई बन्दुक र गोलीसहित एकजना पक्राउ

सञ्जय मित्र २०७५ माघ १६ गते ११:१३ मा प्रकाशित

रौतहट÷रौतहटमा एकजनालाई दुई थान हतियार र पाँच राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक राम बालक साह कानुको कमान्डमा रहेको टोलीले ईशनाथ नगरपालिका १ बन्जरहास्थित बकैया नदीको तीरमा नेपाल–भारत सीमा क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो । गौर नपा ४ टिकुलियाका ४७ वर्षका नकुल पटेललाई ब्राउनिङ पेस्तोलजस्तो देखिने मेड इन इटाली लेखिएको हतियार १ थान, त्यसैको म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान र ८ एमएम बाल राउण्ड ५ गोटा पुलिसले सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भारतबाट नेपालतिर आइरहेका पटेलले प्लास्टिकको झोलाभित्र राखेको धानमा हतियार र गोली लुकाएका थिए । सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय महोत्तरी नम्बर २ बाहिनीबाट समेत सशस्त्र प्रहरीको विशेष टोली खटेको थियो । भारतबाट नेपालतिर हतियार भित्रिइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले निगरानी बढाएको थियो ।

पक्राउ परेका पटेललाई सशस्त्र प्रहरी बलले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया