शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:५३
वासिङटन डिसी 03:08

ताजा समाचार : ह्युस्टनमा ५ प्रहरी अधिकारी माथि गोली प्रहार , दुई शंकास्पद व्यक्तिहरु मारिए

इनेप्लिज २०७५ माघ १५ गते २:२६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा ५ प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । ताजा जानकारी अनुसार दुई शंकास्पद व्यक्तिहरु रहेको प्रहरीले जनाएका छन् । दुवै शंकास्पदहरु व्यक्तिहरु मारिएका प्रहरीले पत्रकार भेटघाटमा जनाएका छन् । उनीहरुले अर्ध स्वचालित बन्दुक प्रयोग गरेका थिए ।

लागू पदार्थ औषधि बेचबिखन तथा कारोबार को आशंकामा पक्राउ पूर्जी सहित निस्केको प्रहरी एक घरमा पुगे पछि ढोका खोल्ने प्रयास गर्दा एक्कासी प्रहरी माथि गोलि चलाईएको थियो ।  ५ जना प्रहरीहरुलाई अस्पतालमा भर्ना गरिएको छ भने दुई प्रहरीको घाँटी वरपर लागेको ह्युस्टन प्रहरी प्रमुख आर्ट एसीभेडोले उक्त जानकारी पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उक्त घटना पछि गभर्नर ,नगर प्रमुख तथा समुदायले घाइते र अस्पताल भर्ना भएका सबै प्रहरी अधिकारीहरुको शिघ्र लाभको लागि कामना गरेका छन् । उक्त क्षेत्रमा आवत जावत नगर्न आग्रह गरेका छन् । घटना स्थानीय ५ बजेको समयमा घटेको हो । गोलि लाग्ने प्रहरीहरुका उमेर ३३ बर्ष देखि ५४ बर्ष सम्म उमेरका रहका छन् ।

गोलि लागे पछि जीवन रक्षक हेलिकप्टर तथा एम्बुलेन्स( रोगी -वाहन )बाट उपचारको लागि लागिएको प्रहरीले बताए । भर्खरै जानकारी गराए पछि थप जानकारी भोलि जनवरी २९ तारिख १० बजे बिहान पुन पत्रकार भेटघाट गर्ने प्रहरी प्रमुखले बताए ।

समाचार/तस्बिरहरु : विभिन्न समाचार माध्यमहरु

प्रतिक्रिया