डीसीमा नेपाली चित्रकार राजेन्द्र केसीलाई निधि भन्दै बिदेशीले गरे प्रशंसा

विजय थापा २०७५ माघ १५ गते ०:४३ मा प्रकाशित

काठमाडौँ जावलाखेल घर भई हाल अमेरिकाको डीसी महानगर क्षेत्रको फल्स चर्च शहरमा बस्दै आएका कलाकार राजेन्द्र केसीले बनाएका चित्रकला प्रदर्शनी भएको छ । गत जनवरी २७ तारिखका दिन केसीले नेपालमा रहदा र अमेरिका आए पछि बनाएका चित्रकलाहरु प्रदर्शन गरिएको थियो ।

केसी जलरंग प्रयोग गर्दछन । उनि कुनै पनि स्थलमा गएर प्रत्यक्ष (लाइभ)जे आँखाले देख्छ ,त्यसैलाई उनि आफ्नो कूची प्रयोग गरि तत्कालै चित्र बनाउदछन ।उक्त कार्यक्रममा भर्जिनियाको फल्स चर्च शहरका नगर प्रमुख ,नेपालीहरुको तर्फ बाट मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेड का उप नगर प्रमुख किरण सिटौला ,फल्स चर्च चित्रकला सम्बन्धि कलाशालाका संचालक तथा पदाधिकारीहरु ,कलाकारहरु तथा नेपाली समुदायको उपस्थिति रहेको थियो ।

उक्त कलाशाला ( ग्यालरी) मा दिउसो २ :३० देखि ४ :३० सम्म केवल केसीले बनाएका चित्रकलाहरु प्रदर्शनीमा राखिएको थियो । गत जनवरी २७ तारिख मा प्रदर्शन गर्नु अगाडी जनवरी १३ तारिखका दिन तय गरिएता पनि डीसी क्षेत्रमा भिषण हिमपातको कारण जनवरी २७ तारिखमा सारिएको थियो ।

अमेरिकामा नेपाली मूलका कलाकार( चित्रकला) राजेन्द्र केसी उन्ले वनाएका चित्रकलालाई भर्जिनियाका फल्सचर्च का नगर प्रमुख तथा विदेशीले यसरी प्रसंसा गरे :

Posted by Enepalese on Sunday, January 27, 2019

उक्त चित्रकला प्रदर्शनी कक्षमा बिदेशीहरुको चित्रकला भएता पनि यस पटक अमेरिका देश बाहिरबाट कुनै एक देश मध्येको छनौटमा नेपाल र नेपालीको तर्फबाट कलाकार केसी परेका हुन् । यो नेपाल र नेपालीहरुको लागि राम्रो पक्ष हो भने स्वयम् नगर प्रमुख आएर हौशला प्रदान गरेका थिए ।

गत जनवरी ५ देखि सुरु भएको चित्रकला प्रदर्शनी आगामी फेब्रुअरी २ तारिख सम्म चल्ने छ । केसीले हियर एण्ड दियर अर्थात् यहाँ र त्यहाँ नाम दिएर नेपालमा बनाएका र अमेरिकामा बनाएका चित्रकला प्रस्तुत गरेका थिए ।

टाउन अफ इन्डियन हेड का उप नगर प्रमुख किरण सिटौलाले केसीलाई यो पेशालाई निरन्तरता दिनु पर्छ भन्दै अब अन्य चित्रकारहरुलाई पनि समेट्दै नेपाल र नेपालीको पहिचान गराउनु पर्छ भनि सुझाव दिएका थिए ।

छोटो समयको लागि आयोजकको तर्फबाट कार्यकमको बारेमा बोल्दै केसीले १० बर्ष अगाडी उक्त स्थान कै ढोकामा आएर म एक कलाकार हु कसरि यहाँ संलग्न हुन् सक्छु भन्ने जिज्ञाशा राखेको कुरा सम्झदै आज केसी फल्स चर्चका लागि निधि (बहुमुल्य )भन्दै मुक्त कण्ठले प्रशंसा गरेका थिए । साथै केसीलाई हाल केसीले बनाएका चित्रकला सबै भन्दा ज्यादा बिक्रि हुने समेत आयोजकले बताएका थिए ।

कलाकार केसीले फल्सचर्च समुदायले आफूलाई अवसर, प्रोत्साहन तथा हौशला दिएकोमा धन्यवाद दिए । साथै आफ्नो कला हेर्न आउनु हुने सबैलाई सबैलाई धन्यवाद दिएका छन् । केसीले फल्सचर्च वरपर ,मेरिल्याण्ड ,लाउडन काउन्टी सेरोसेरोमा बनाएका तस्बिरहरु राखेका थिए । उनले आफ्ना भनाई राखे पछि उनलाई चित्रकला प्रेमीहरुले जिज्ञाशा पनि राखेका थिए ।

सन् १९९६ देखि नै व्यवसायिक ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया