माघ २४ गते देखि ईटहरिलाई चर्चित कलाकारहरुले तताउदै, भ्यालेण्टाईन-डे को दिन बिशेष बनाईदै (भिडियो सहित)

इनेप्लिज २०७५ माघ १४ गते १२:०६ मा प्रकाशित

 


ईटहरी/ सुनसरीको इटहरीमा माघ २४ देखि सञ्चालन हुने इटहरी फुड फेस्टिबल एवं टुरिजम फेयर हुने भएको छ । होटल एशोसियशन इटहरीले आयोजना गर्ने उक्त फुड फेस्टिबलमा स्थानिय संगै राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो लोकप्रिय प्रस्तुति दिनेछन । यहि माघ २४ देखि संचालन हुने महोत्सबफागुन ३ गते सम्म संचालन हुने छ । ब्याण्ड, दोहोरी समुह र राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती हुने कार्यक्रममा उद्घाटनको दिन काउलीबुढी नामले चर्चित (सन्ध्या बुढा), माघ २५ गते काउली बुढी र फुलन्देको आमा नामले चर्चित (उमेश राई) को प्रस्तुती रहने छ । यसैगरी माघ २६ गते मिङ्मा शेर्पा, यस्तै माघ २७ गते सुगम पोख्रेल यसैगरी माघ २८ गते राजनराज शिवाकोटीको प्रस्तुती रहने छ । हेर्नुस भिडियो ।

यस्तै गरी माघ २९ गते बिश्व नेपालीको, फागुन १ गते मेलिना राईको र माघ २ गते भ्यालेण्टाईन डे परेको हुनाले महोत्सबलाई अझै बिशेष बनाउन दार्जेलिङको ब्याण्डसँग कुरा भईरहेको र फागुन ३ गते प्रमोद खरेलको प्रस्तुती रहने आयोजकले जनाएको छ । यो पटकको कार्यक्रममा अरु कार्यक्रममा जस्तो साँझ मात्र हुने भिडभाडलाई कम महत्व दिदै दिउसै देखि बिभिन्न आकर्षण कार्यक्रमहरु प्रस्तुत गरिने आयोजकको भनाई छ । ७० वटा भन्दा बढी स्टलहरु रहेको महोत्सबमा बिभिन्न जात जातीका खानेकुराका साथै मौलिक नेपाली र भारतीय परिकारहरु राखिने छ भने फेष्टिबलको मुख्य आकर्षण हेलिकोप्टरबाट टुर हुने होटल व्यवसायी संघ इटहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=0ZmBBuQoTWc

प्रतिक्रिया