अस्पताल परिसरमा कुनै पनि अनसन र प्रदर्शन नगर्न शिक्षण अस्पतालको आग्रह

इनेप्लिज २०७५ माघ १४ गते ११:१४ मा प्रकाशित

काठमाडौँ, १४ माघ ।  त्रिवि शिक्षण अस्पताल प्रशासनले अस्पताल परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न सबै पक्षसँग अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले यस्ताे अपिल गरेको हो । डा.गोविन्द केसीका माग कार्यान्वयन गर्न माग गर्दै नेपाल चिकित्सक संघले अस्पताल परिसरमा रिले अनसनको घोषणा गरेलगत्तै अस्पताल प्रशासनले संघको कार्यप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्र.डा.प्रेमकृष्ण खड्गीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘त्रिवि शिक्षण अस्पतालजस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पताल जस्तो सर्वसधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हडतालका कार्यक्रम नराखिदिनुहुन र देशको नियम ऐन नियम एवम् चिकित्सकीय नैतिक दायित्व अनुरुप सदाझै नियमित स्वास्थ्योचिारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहनु सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु ।’

यसैबीच अस्पताल प्रशासनले अहिले अस्पतालको सेवा सुचारु भैरहेको समेत जनाएको छ ।

प्रतिक्रिया