दिपा श्री निरौलाको आमा बुबा: सबै भन्दा बढी दिपाको माया लाग्छ,सानै देखि सबैको प्यारी दिपा।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १३ गते २३:३७ मा प्रकाशित

कलाकार दिपा श्री निरौलाको बुबाआमाले दिपा सानै देखि असल र जिज्ञासु स्वभावको भएको बताउनु भएको छ । दिपाको बिबाह को प्रसङ्ग मा दिपाले बिबाह गर्न कुनै रुचि नदेखाएको ले आफुहरु दिपाको भबिस्य प्रती चिन्तित रहेको बताउनु भयो । दिपा हाम्रो घर को साइली छोरी भन्दा पनि साइलो छोरो स्वसरह भएको ले जिम्मेवार भएर उस्ले गरेका निर्णय र कामहरुमा आफुहरुले पुर्ण सहयोग गरिरहेको बताउनु भएको छ । सानै मा आमा गुमाएकी दिपाले सानी आमाको मातृत्वमा हुर्कन पाउँदा आमाको मायाको कहिलै कमि नभएको दिपाका बुबाले बताउनु भयो ।

दिपालाई आफ्ना कदम मा बुबाको भन्दा आमाको ठूलो साथ ,आट र हिम्मत प्राप्त रहेको खुलासा पनि भएको छ । दिपा र उनका भाइ बैनिहरुले गाउँ घर छर छिमेकीहरुले भनिदिएर ठुलो भएपछी मात्र आफ्नो आमा पहिलेनै बितेको कुरा चाल पाएको भन्दै ,आमाले कसैले यो त सानी आमा हो तिमेर्की आमा सानैमा मरेकी हुन भनेर बच्चाहरूलाई भन्दिदा आफुलाइ सारै दुखलाग्ने गरेको बिगत पनि सुनाउनु भयो । कहि कतै पनि सौतेनी आमा हुन भन्ने झल्को नदेखिएको उन्को मातृत्वमा हुर्किएका सबै सन्तानले आफ्नो अतिधेरै ख्याल राखेको बताएकी आमाले छोरा छोरी हरुमध्ये दिपाको नै धेरै माया र चिन्ता लाग्ने गरेको बताउनु भयो ।उनले भनिन बुडेसकालमा दुस्खहुन्छ , सहारा चाहिन्छ बिहे गर्नु पर्छ भनेर सम्झाउदा उन्ले उल्टै तपाईंलाई खै के सुखभयो त रु भनेर आफैलाई सम्झाउने गरेको समेत बताउनु भयो । निक्कै सुझबुझ र बिबेक राख्ने आमा बुबाको साथ नै दिपाको सफलताको राज भएको तथ्य समेत खुलासा भएको छ ।

प्रतिक्रिया