सुरेन्द्र लाल श्रेष्ठ को “एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ पुस्तक बारे पाठक प्रतिक्रिया(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १३ गते १२:३५ मा प्रकाशित

हुलाक टिकट संकलन गर्दै हुलाक टिकट व्यवसाय ६ दशक देखि गर्दै आउनु भएका प्रेरणाका स्रोत सुरेन्द्र लाल श्रेष्ठ को “एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ पुस्तक सार्बजनिक भएको छ । वहाले लेखेको पुस्तकबारे विभिन्न पाठकहरुले पुस्तक तथा वहाको बारेमा प्रतिक्रिया दिएका छन ।

नेपाल लगायत अमेरिकामा उक्त पुस्तक पढ्नेहरुले पुस्तक चाखलाग्दो ,अभिरुचिपूर्ण, प्रेरणादायी तथा दोश्रो पुस्ताका लागि निकै लाभदायक हुने बताएका छन्  । श्रेष्ठको पुस्तक नेवा अर्गनाईजेसन अफ अमेरिका(एनओए)को एक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की( बिद्या वारिधि ) द्वारा बिमोचन गरिएको थियो ।

उक्त पुस्तकमा ६ दशक देखि आफूले भोगेका संस्मरणत्मक तीता-मिठा अनुभव ,अनुभूति आफूले भोगेका कुराहरु राख्नु भएको छसुरेन्द्र लाल श्रेष्ठ को “एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ पुस्तक बारे पाठक प्रतिक्रिया ७७ बर्षिय सुरेन्द्र लाल श्रेष्ठलाई नेपालको फिलाटेलि प्रबर्द्धन र विकासको लागि अनवरत रुपमा सहयोग गरि सोसाइटीको प्रेरणाको स्रोत भई पुर्याउनु भएको अमूल्य योगदानको उच्च मूल्यांकनको कदर स्वरुप गत माघ ५ गते काठमाडौँमा लाइफटाइम एचिभमेन्ट (आजीवनकाल कार्यसिद्धि )पुरस्कारबाट सम्मान गरिएको थियो ।

सुरेन्द्र लाल श्रेष्ठ को “एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ पुस्तक बारे पाठक प्रतिक्रिया : छोरा सुशिल श्रेष्ठको बाबु प्रति यस्तो भनाई :

Posted by Enepalese on Sunday, January 27, 2019

वहाले फिलाटेली अर्थात् हुलाक टिकट सम्बन्धि नेपाली ,नेवारी र अंग्रेजी भाषामा समेत लेखहरु लेखि सक्नु भएको छ । अमेरिकामा उक्त पुस्तक पढ्नु हुने नेवा अर्गनाईजेसन अफ अमेरिका( एनओए)का अध्यक्ष पुस्कर प्रजापतिले पुस्तक पढ्दा निकै आनन्द आएको र श्रेष्ठ सबैका लागि प्रेरणाका स्रोत भएको बताउनु भएको छ । बिशेष गरि दोश्रो पुस्तालाई पुस्तकले अझ राम्रो संदेश दिन सक्ने बताउनु भयो । प्रजापतिले अगाडी भन्नु भयो वहा जस्ता व्यक्तिलाई सरकार या सबैले हौशला दिनु पर्ने बताउनु भयो ।

यसै गरि अमेरिका मै नेवा अर्गनाईजेसन अफ अमेरिका( एनओए)का सक्रिय सदस्य उदय श्रेष्ठले सुरेन्द्र लाल श्रेष्ठको पहिला देखि नै नाम सुनेको बताउनु भयो । पुस्तक निकै उपयोगी हुने र पढ्न निकै मज्जा लागेको बताउनुभयो । वहाको यो पुस्तक दोश्रो पुस्तालाई निकै रुचि हुन् सक्ने बताउनु भयो ।

“एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ को बारेमा पुस्तक सम्पादन गर्ने बद्रि खनाल अमेरिकाको भ्रमणमा रहनु भएको अवसरमा खनालले श्रेष्ठ संग तिर्थ राज वन्त द्वारा परिचय भएको बताउनु भयो । सुरेन्द्र लाल श्रेष्ठ द्वारा तयार गरिएको पाण्डुलिपि हेर्ने मौका पाए । हेर्न साथ ३ कुरा ले प्रभावित भएको बताउनु भयो ।

फिलाटेलिक बारेमा श्रेष्ठले बिस्तृत राष्ट्रिय तथा अन्तरराष्ट्रिय सन्दर्भ फेला परेको बताउनु भयो । मेरो ज्ञान चाही बढ्यो तर सबैले यो जान्नु पर्ने आफूलाई लागेको बताउनु भयो। खनालले यो पुस्तक आम मानिससंग पुग्नु पर्छ भनेर आफूले श्रेष्ठलाई भनेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर राष्ट्रिय बिषयलाई समेटिएको हुनाले यो पुस्तक ज्ञानबर्धक छ भन्नु भयो ।

दोश्रो ,खनालले अगाडी भन्नु भयो त्यो बेलाको समाज राणा कालिन देखि अहिले सम्मको समाजको प्रतिबिम्बित रहेको आफूले पाएको बताउनु भयो । समाज शास्त्रको ज्ञान पनि उक्त उक्त पुस्तकबाट लिन सकिने बताउनु भयो ।

खनालले पुस्तकको रोचक पक्ष श्रेष्ठले २ पटक सम्म अमेरिकाको भ्रमण गरेको र अमेरिकाको बारेमा चर्चा समेत श्रेष्ठले गरेको निकै घत लागेको बताउनु भयो । वहाले श्रेष्ठ जस्ता व्यक्तित्वलाई सरकारी ,गैर सरकारी तथा सबै वर्गबाट प्रेरणा तथा प्रोत्साहन दिनु पर्न कुरामा जोड दिनु भयो । खनालले श्रेष्ठले अर्को पुस्तक पनि निकाल्ने योजनामा रहेको बताउनु भयो ।

साथै सुरेन्द्र लाल श्रेष्ठले नेपालबाट सिधै अमेरिकामा ईनेप्लिज संग कुरा गर्दै आफूलाई पुस्तक पढ्नेहरुले निकै हौशला प्रदान गरि रहेको बताउनु भयो । र ,आफू उत्साहित भएको बताउदै यस्मा अझ थुप्रै मानिसहरुको नाम छुट्न पनि गएको बताउनु भयो । श्रेष्ठले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।

अमेरिकामा रहनु हुने वहाका जेष्ठ सुपुत्र सुशील श्रेष्ठ पिता उमेर निकै भएता पनि सक्रिय तथा उत्प्रेरित लागेको बताउनु भयो । आफ्नो बलबुताले आफ्नो दिमाग चलाएर पुस्तक निकाल्नुले आफू निकै प्रेरित भएको बताउनु भयो । यो अवस्थामा सम्म क्रियाशील र सशक्त रुपमा लागि रहनु भएकोमा वहा एक उदाहरणीय भएको बताउनु भयो । ठमेलमा टिकट संकलन पसल संचालन मा रहेको छ भन्दै जुन निकै उत्प्रेरणामूलक आफूलाई लागेको बताउनु भयो ।

श्रेष्ठ जागिर छोडेर पूर्णकालीन हुलाक टिकट संग्रह गर्दै पूर्ण रुपमा व्यवसाय गर्ने सम्भवत एकल व्यवसायी हुनु हुन्छ । टिकट संग्रह बाटै सुरेन्द्र लाल श्रेष्ठ नेपाल बाट अन्य देश तथा अमेरिकाको भ्रमण गर्नु भएको छ l टिकट संग्रहको कारण देश तथा बिदेशका बिभिन्न पत्र पत्रिकाहरुमा वहाको लेख प्रकाशित भएका छन् l

वहाले फिलाटेलिका बिक्रि कक्ष ठमेलमा खोल्नु भएको छ l जुन नेपालको एक मात्र फिलाटेलिक (टिकट संग्रह )प्रदर्शनी कक्ष हो l

सुरेन्द्र लाल श्रेष्ठ द्वारा लिखित उक्त ‘एक फिलाटेलिष्टको अतित देखि वर्तमान सम्म’ पुस्तक प्राप्त गर्न चाहना राख्नु हुनेले अमेरिकाको भर्जिनियामा बस्दै आउनु भएका वहा का जेष्ठ सुपुत्र सुशील लाल श्रेष्ठ संग सम्पर्क गर्न सकिने ईनेप्लिज डटकमलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया