बुधबार, माघ ५ २०७८
काठमाडौं १७:०३
वासिङटन डिसी 06:18

समाज ,आचरण र दायित्व

विकास थापा २०७५ माघ ११ गते २०:५५ मा प्रकाशित

समाज आफैमा सँधै संवेदनसिल हुन्छ । समाज भित्र प्रत्येक ब्याक्ति प्रत्यक्ष वा अप्रत्य रुपले सहभागी भएको नै हुन्छ । उसका हरेक क्रियाकलाप चाहे राम्रा हुन वा नराम्रा दुवै समाजका प्रतिनिधि हुन् । बाहिर बाट हेर्दा समाज मृत अभौतिक बस्तु जस्तो देखिए पनि समाज भित्र भित्रै चलायमान र गतिशील हुन्छ । केही ढोड्गी , केही पुरातन ,अलिकता स्थिर जस्तो बाहिर बाट देखिए पनि समाज कहिल्यै स्थिर हुँदैन र रहँदैन पनि । समाजको त्यो एक अदृश्य पाटो पनि हो । समाजमा धेरै मान्याताहरू हामिले थाहै नपाइ स्थापित हुन्छन् र समय अनुसार भत्कँन्छन् । हामिले सोचे ,देखे र चाहे जस्तो समाज नहुनु समाजको अर्को शक्तिशाली पाटो हो । संक्षिप्त ,सूक्ष्म ,सांकेतिक र प्रतीकात्मक विश्लेषण नगरी समाजको सतहि अध्यान गरेर मात्र पुग्दैन । समाजमा जन्मिएका बिबिध पात्रहरू देशकाल ,विशेषकै परिस्थितिबाट उब्जेका भए पनि आधुनिक चेतना ,सार्वभौम र शाश्वत मानवीय चेतनाले सम्पन्न हुँदा हुँदै पनि नैतिकता र सामाजिक मर्यादाले हिजोआज स्खलित छन् । एउटै युग र एउटै पुस्तामा पनि सामाजिक परिवेशको भिन्नताले गर्दा कति ब्याक्ति अपठित भएर पनि समाजको मूल्य मान्यतालाई नाघेका छैनन् । केही शिक्षित भएर पनि धन ,सम्मान र यौनको दलदलमा फसेर भाग्या र नियतिको साहर लिएर जीवन बाँचिरहेका छन् । समाजमा दम्भको ब्यापार चलाइरहेछन् । यसर्थ एउटै युग र एउटै पुस्तामा पनि वर्ग बिशेषका कारणले के कस्ता सामाजिक असन्तुलन हुँदा रहेछन् तत्सम्बन्धित अध्यान गर्नु समयको अर्को पाटो बाँकी नै छ । त्यस सम्बन्धि थप बहस अर्को पल्ट गरौला । सामाजिक द्दन्द्द हरेक व्याक्तिमा मनमा यो वा त्यो भन्ने द्दिविधापूर्ण स्थितिमा उत्पन्न हुने मानसिक प्रक्रिय मात्र होइनन् । यस भित्र ब्याक्तिका धेरै चरित्र र खराब मनोकांक्षा पनि लुकेका हुन्छन् । प्रकृतिले मानिसलाई स्वतन्त्र र उन्मुक्त रूपमा जिउने अधिकार प्रदान त गरेको हुन्छ नै तर उक्त अधिकारको प्रयोग ब्याक्तिले आफ्नो जीवनमा कसरि प्रयोग गर्छ त्यसले निर्भर गर्छ । मानिसका प्रत्येकका आचारण र चरित्रलाई कुनै कुनै रुपले समाजले अध्ययन गरिरहेको हुन्छ ।

हामिले समाजको अध्यान गर्नु अघि हाम्रा लाखौ बर्ष पुरान नजीरहरूको पनि अध्ययन गर्न जरुरी छ । राबण पनि बहुत शक्तिशाली र बिद्दान थिए । तीनै लोकमा राज गरे पछि त उनलाई भगवान भनि पुज्थे । काललाई समेत उनले आफ्नै बहुपासमा बन्दि बनाएर राखेका थिए । उनलाइ सम्मान गर्नेको कमी थिएन । राम राबण युद्द शुरु हुने भएपछि राबण पत्नि मन्दोदरी अनुरोध गर्दै भनिन्छिन् – हे लंकेश्वर ! रामको पत्नि सीतालाई फिर्ता गरिदेऊ र थप रक्तपात हुनबाट आफ्ना निर्दोष भाई ,छोरा र जनताका छोराछोरिहरूलाई आफ्नो पापको भागीदार नबनाऊँ । कोही परिवारको सदस्य र जनता नै जीवित नरहे पछि इज्जत के का लागी ? एउटी अबला स्त्री को मोहमा यत्रो युद्द ? राबणको अगाडी मन्दोदरी सत्य बोल्दै थिईन तर सीता गमनमा अड्कीएको राबण ह्रदय , मनोकांक्षा सहजै बाहिर किन आउँथ्यो र ! रावणलाई उनकै भाई कुभ्भकरण , बिभिषण र श्रीमति मन्दोदरीले यस बिषयमा पटक पटक नसम्झाएका होइनन् । तर पर स्त्री गमनको लत लागेको राबण त्यहाँ बाट बाहिर कहिल्यै आउन सकेन । अन्तमा सार लंका सहित ऊ आफै नष्ट भयो । बिद्दान र पराक्रमी त राबण पनि थियो अझ उसले त तिनै लोकलाई शासन गर्ने क्षमता पनि राख्थ्यो । ऊ बिद्दान हुँदाहुँदै पनि ब्याभिचारी र स्त्री लम्पट थिय र ऊ अन्तको कारण नै त्यहि बन्यो ।

अव दोस्रो प्रसड्गमा जाऊँ राबण जस्तो शक्तिशाली योद्दा , राजालाई पनि आफ्नो पुच्छरमा बाँधेर महिनौ दिन हिडन् सक्ने खुवि थियो वालिमा । तर बिडम्बना वालिको पनि एउटै पाप थियो पर स्त्री गमन । उसले त झन् आफ्नै भाई सुग्रीवलाई युद्दमा हराए पछि आफ्नै बुहारी रुमालाई श्रीमति बनाई राखेको थियो । रामको बाण लागेर छटपटाई रहेको अबस्थामा वालिले आफ्नो गल्ति सोध्दा भगवान रामले वालिलाई त्यही उत्तर दिएका – परस्त्री गमन । तसर्थ राम वालीलाई अन्तिम क्षणमा भन्छन् – यस्ता दुराचारी र पापिलाई मार्दा आफुलाई कुनै पाप लाग्दैन । समाजको मर्यादा र धर्म जस्ले उलड्घन गर्छ उसको अन्त ढिलोचाँडो निश्चित छ ।

अव जाउँ तेस्रो प्रसंड्ग महाभारतमा दुर्योधन पनि बहुत शक्तिशाली र ख्याति प्राप्त थियो । उसका पछाडी पनि अन्धा भक्तहरू प्रशस्त थिए । महाभारत युद्दको पनि धेरै कारणहरू मध्ये एक प्रमुख कारण थियो द्रौपति । भित्रि रुपमा दुर्योधन द्रौपतिलाई चाहान्थ्यो वा द्रौपतिको रुप सँग मोहित थियो । महाभारतमा द्रौपतिको चीरहरण देखी जे जे घटना क्रम भए ती सबैको भित्रि कारण थियो द्रौपति , दुर्योधन र दुर्योधनको अहंकार । यी सवै युद्द र अन्तका कारण खोज्दै जाने हो भने परस्त्री गमन , ब्याभिचारी , दूरचार र सामाजिक आचरणको अपहेला नै थिए । हाम्रा धार्मिक ग्रन्थको नजिर अनुसार जुन सुकै युगमा जो जो जतिशक्तिशालि र महान भए पनि पर स्त्री गमनको कारण ती सबै नष्ट भएर गए । यी त भए हाम्रा धार्मिक दृष्टान्तहरू । यी दृष्टान्तहरू बाट के बुझिन्छ भने रावण , वाली र दुर्योधन जस्तो जति नै शक्तिशाली भए पनि यी यिनका जस्तो गुणहरू बोकेर जो मानिस समाजमा आफ्नै एकल मपाईत्वको राज चलाउन खोज्छ । जसले आफैले आफैलाई भगवान घोषणा गर्छ ,कालान्तरमा कसैका अन्धा भक्तहरूले आज सम्म कसैलाई जोगाएको इतिहास छैन । उसका जतिनै प्रशंसक ,शिष्य र जति नै बलवान सेना भए पनि त्यो मानिस एकदिन आफ्नै कारणले आफै सकिन्छ कसैले उसलाई सिध्याउनु पदैन । यी हाम्रा धार्मिक ग्रन्थहरूमा स्थापित मान्यताहरू हुन् ।

अव यहाँ माहात्मा गान्धिको एउटा प्रसड्ग कोट्टयाउँछु । भारतमा एक महिला आफ्नो बच्चाले अत्यधिक चिनीको खाने हुँदा बच्चाको चिनी धेरै खाने लत छुट्टाउन निक्कै हैरान बनेकी थिइन । आफ्नो छोरालाई चिनी धेरै खान हुँदैन भनेर धेरै पल्ट धेरै मानिसकोमा लगेर सम्झाउन पनि लगाइन तर जति पटक सम्झाए पनि छोराको बानिमा कुनै उल्लेख्य सुधार आएन । अन्त्यमा केही सिप नलागे पछि अव छोरालाई माहात्मा गान्धिसँगै भेटाएर उनलाई नै सम्झाउन लगायो भने छोराको यो बानिमा सुधार आउँला भन्ने सोचि उनी छोरालाई लिएर गान्धिको पुगीन । गान्धि समक्ष पुगेर आफ्नो छोरालाई जति गरे पनि चिनी धेरै खाने लत छुटाउन नसकेको गुनासो पोखिन । त्यो समयमा गान्धि आफै पनि चिनी धेरै खाने लत बाट ग्रसित थिए । गान्धि आफ्नै बानिमा सुधार ल्याउन सकिराखेका थिएनन् । महिलाको छोरालाई सम्झादिनु भन्ने अनुरोध सुनेर उनी आफै अलमल्लमा परे र अन्तमा गान्धिले ती महिला सँग दुई हप्ताको समय माग गरे । दुई हप्ता पछि छोरालाई लिएर आउनु म सम्झाई दिन्छु भनी बिदाई त गरे तर आफ्नै लत कसरी छुटाउने ! आफ्नै लत नछुटाइ उक्त बच्चालाई चिनी धेरै नखाउ भनि कुन नैतिकताले सम्झाउने ।

जेनतेन दुई हप्तामा गान्धिले आफ्नो बानिमा सुधार गरे । आफुले खाने चिनीको मात्र अत्यधिक घटाए । दुई हप्ता पछि उनले भनेकै दिनमा ती महिलाले आफ्नो छोरालाई लिएर गान्धिकोमा पु:न पुगिन । गान्धिले अव चाहि ती बच्चालाई निर्धक्क भएर सम्झाउन थाले । बाबु ! चिनी धेरै खानु हुँदैन । यो धेरै खायो भने हाम्रो स्वास्थ्यलाई असर गर्छ । आदी इत्यादि साधारण कुराले बच्चालाई सम्झाएको देखेर ती महिलालाई रीस उठ्यो र गान्धिसँग प्रतिवाद गर्न लागिन : हे महात्मा ज्यू तपाईले भने बमोजिम नै मैले दुई दुई हप्ता कुरेर छोरालाई यहाँ ल्याएकी हुँ । यस्ता कुराले नै सम्झाउनु थियो भने छ दुई हप्ता अगाडी नै त्यहि दिनमा सम्झाईदिएको भए भईहालथ्यो नी । ती महिलाको कुरा सुनेर माहात्म गान्धि महिला तिर हेरेर मुस्कुराउँदै बोलेछन् ए भद्र नारी ! दुई हप्ता अगाडी जुन दिन तिमिले छोरालाई सम्झाई दिन आग्रह गर्दै थियौ त्यो दिन सम्म म आफै त्यहि समस्या बाट ग्रसित थिए । म आफैले आफ्नो आचारणमा सुधार गर्न सकेको थिइन । तसर्थ मैले मेरो आचारणमा सुधार ल्याउनको लागी मैले दुई हप्ताको समय मागेको हुँ । यो दुई हप्तामा मैले खाने चीनिको मात्र निक्कै घटाए । मैले मेरो खराब बानिलाई सुधार गरे र आज म यो बाबुलाई सम्झाउन सक्ने अबस्था पुगेको छु भने त्यहि दिन यो बाबुलाई मैले चिनी घेरै खानु हुँदैन भनि कुन नैतिकताले सम्झाउँ ? गान्धिको उत्तर सुनेर ती महिला नजबाफ बनिन् ।

यहाँ प्रशंड्ग सामान्य छ तर नैतिकता र आचरण निक्कै गहन ढंड्गले लिईएको छ । तसर्थ समाजमा अर्कालाई उपदेश दिनु अगाडी आफु ठिक छु वा छैन ? आफ्नो आचरण ठिक वा छैन आफ्नो मनको अदालतमा आफैँ जाचिनु राम्रो हुन्छ । रावण,वाली र दुर्योधन जस्ता शक्तिशालिलाई ठेगान लगाउन सक्ने यो समाजले मलाई केही गर्न सक्दैन ,मैले गरेका सामाजिक कार्यले मेरा पापहरूलाई म छपक्क छोप्छु भन्ने जुन मनगढन्ते दुहाई छ त्यो धेरै दिन अवश्य टिक्दैन । त्यो ब्यार्थ हत्केलाले सूर्य छोप्ने प्रयास गरे जस्तो हुन्छ । तसर्थ समाज ईश्वर जस्तै सर्बब्यापि पनि छ । अर्को पश्चिमा देशहरूमा पछिल्लो समयमा बिकसित भएको सबै भन्दा बिकृत कल्चर हो लिभिड्ग टुगेदर । यो जस्तो घृणित र समाज प्रदुषित कल्चर संसारमा अरू केही छैन । यसले समाजमा ल्याएका बिकृतिहरू पश्चिमा देशहरूले अहिले पनि जुधिरहेका छन् । यो पश्चिमा देशहरूको सबैभन्दा ठूलो सामाजिक समस्या बनिसकेको छ । यसलाई हामिलो कुनै कुनै रुपले रातो कार्पेट बिछ्याउँदै छौ जसले भोलि हाम्रो समाजमा ल्याउने बिकृति र असुन्तलन पश्चिमाहरूको भन्दा पनि तीन गुणा बढि हुन सक्छ । बिबाह भैईसकेका प्रत्येक स्त्री पुरुषका आ-आफ्ना पारिवारिक र सामाजिक दायित्व हुन्छन् । त्यो दायित्व र जिम्मेवारी प्रत्येकले पालना गर्नु समाजमा आफु एक असल नागरिक भएर बाँच्नुको पनि परिचय हो । अझ बालबच्चा छन् भने उनीहरूको सामाजिक दायित्व कति हुन्छ यो यहाँ थप ब्याख्य गर्न जरुरी छैन । बिबाह भएर बालबच्चा भैईसकेका स्त्री पुरूष लिभिड्ग टुगेदरमा बस्नु भनेको सोझो अर्थमा एकले अर्काको घर भत्काउनु हो । यसलाई हाम्रो धर्म र समाजले मान्यता दिएको पनि छैन र यस्ता बिकृत परिपाटी नेपाली समाजमा हुल्नु पनि हुँदैन । यो नेपाली समाजमा फैलन पुग्यो भने घरघरमा कानुन झ्याल बाट छिर्छ र माया ,प्रेम र सदभाव ढोकाबाट भाग्छ ।

बिडम्वना यस्ता सामाजिक अभियान्ताहरूले चलाएको समाज भोलि कस्तो बन्ला ? यिनले आफ्ना छोराछोरी बालबच्चालाई कस्तो शिक्षा दिक्षा देलान ? कस्तो आचरण सिकाउलान ? यिनिहरूको समाज प्रतिको दायित्व के होला ? चालिस लाख युवाहरू अहिले देश बाहिर छन् । भबितव्य यो कल्चर फेसनको रुपमा नेपालमा भित्रियो भने एक दशकमा नेपालको सामाजिक अबस्था बिकराल हुन सक्छ । जुन नेपालले थेग्न सक्दैन । समाजलाई सभ्य र सन्तुलित बनाउने जिम्मेवारी र कर्तव्य सबैको हो । समाजले त सँधै सबै स्त्री तिम्रै आमा दिदि बहिनिहरू हुन् । सबैलाई त्यहि अनुरुप सम्मान गर । आफ्ना बाल बच्चा प्रति बाबु /आमा भएर पुरा गर्नु पर्ने दायित्व पुरा गर । बेश्यबृति जस्तो घृणित र नीच काम नगर । अर्काको दिदि बहिनि श्रीमति /श्रीमान माथि आँखा नलगाउ । खराब सोच नराख । समाजले त सँधै सबैलाई यही भन्छ र यही सिकाउँछ । सामाजले सिकाएका यी मर्यादा र नीति नियम बेठिक भए ठिक के त ? तसर्थ यस्ता बिकृति युक्त क्रियकलापले समाजलाई बिकृतको बाटो तिर लैजान्छ र समाजमा असन्तुलन पैदा गर्छ । समाजका न्यायिक मान्यताहरू सबै भत्किए भने त्यो समाज सभ्य कदापि रहँदैन । कसैको एकल प्रयासले मात्र यो संम्भव छैन । बिशेष गरि अमेरिका थोरै प्रतिशत नेपालीहरूले आधुनिकताको नाममा यो कल्चर बिकसित गर्न देखा सिकि गर्दै छन् तर नेपाली समाजमा यो कल्चरले मान्याता पाउन निक्कै कठिन छ । जो समाज सेवीको पगरी आफैले आफैलाई गुथाऊँछ उसले पहिला अर्काको आड्को जुम्रा खोज्नु भन्दा अगाडी आफ्नो आड्को पहिला भैसी खोज्न जरुरी छ । हाम्रो समाजमा यो कथन त्यसै चलेको पनि होइन । तसर्थ पहिला आफ्नो आचरणमा सुधार नल्याइ अर्काको आचरणको बिषयमा बहस कसरी गर्ने । सत्यताको प्रमुख जड यहाँ भित्र छ । यसै सन्दर्भमा कवि लेखनाथ पौड्यालको एउटा कविताले धेरै कुरा बोल्छ ।

बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-संमत
छैन शड्करको नड्गा मगन्ते भेष निन्दित

बढा ले जे गर्यो अरूले पनि समाजमा र भावी पिंढिले पनि त्यहि अनुसरण गर्ने हुन् तर बिडम्वना मर्दका तीनवटा/तीनवटी यस्ता मान्यताहरूलाई आदर्श र पुरुषार्थको रुपमा प्रस्तुत गरेर तालि बजाउन थाल्यो भने जसको नतिजा भोली के आउँछ सबैलाई थाह छ र पनि एकथरी शिक्षितहरू बुझ पचाई रहेछन् । अपराध गर्नु भन्दा पनि अपराधको बिरोध नगर्नु महाअपराध हो । काल आउनु त ठूलो कुरा होइन तर काल पल्यो कसैलाई छोड्दैन । यो पनि सबैलाई थाह छ । दोस्रो कुनै पनि सामाजिक ब्याक्तिको आर्थिक ,चरित्र ,आचरण ,कर्मको बारेमा बहस गर्ने अधिकार समाजले राख्छ । सामाजिक रुपमा अगाडी आईसके पछि हरेक कुरामा पारदर्शिता हुन जरुरी छ र त्यो खोज्नु समाजको कर्तव्य पनि हो । ब्याक्ति चाहि समाज सेवी र सार्वजनिक बन्ने तर उसले गरेका कुकर्म चाहिं ब्याक्तिगत भनेर पन्छिन पन्छाउन कदापि मिल्दैन । कानुनको नजरमा सबै बराबर हुन् । भगवान बुद्दले त समाजलाई पटक पटक परिक्षा दिनु भएको थियो भने । अरूलाई छुट कस्ले देला र ? एउटा सामाजिक प्रतिष्ठा कमाई सकेका ब्याक्तिले यस्ता नीच कर्म गर्यो भने भोलि समाजमा नराम्रो नजिर बस्न पुग्छ । जब मानिसले नैतिक दायित्व बिर्सन्छ मानिसमा क्रोधता , प्रतिशोध आफैँ पलाउन थाल्छ । उसभित्र रहेको ह्रदयको कमलता बिस्तारै हराउन थाल्छ र अन्तमा उसले समाजलाई बेठिक आफुलाई ठिक देख्न थाल्छ । त्यो अबस्थामा मानिस पुग्नु भनेको साह्रै डरलाग्दो अवस्था हो । दोस्रो ,एउटा अन्धो ब्याक्तिले अर्को अन्धो ब्याक्तिलाई कसरि बाटो देखाउन सक्छ ?अँध्यारोलाई ढुड्गा हानेर उज्यालो त कहिल्यै आउँदैन । मानिसको जीवनमा सबै कर्म नियतिले निर्देशन गरेको मात्र हुँदैन । नियति र भाग्यालाई दोष देखाएर धेरै ब्याक्ति उम्कने छिद्रा त खोज्दछन् तर कालान्तरमा ती सफल बनेका देखिदैन । प्रस्तुत विचारहरूलाई मानवीय स्वतन्त्रता र आफ्नो ब्याक्तिगत स्वतन्त्रताको लागी कतिले स्वीकादैनन् पनि । यस बिषयमा थप बहस गर्न म आबश्यक देख्दिन । मानव जीवनमा प्रत्येक मानिसले बाँच्ने समाज ,उसले देखाउने आचरण र उसको समाज प्रतिको दायित्वमा अबस्य पनि हुन्छ । जब मानिस अन्धो बनेर समाजका मान्यताहरू कुल्चन थाल्छ समाज आँखा चिम्लेर कहिलै बस्दैन । जो कोही समाजमा बाँचे पछि समाजको अदालतमा एकदिन उभिनै पर्छ । समाजले एक दिन उभ्याउँछ ढिलोचाँडो मात्र हो । समाज सेवाको फोस्रो पिताम्बर ओढेर अपराध गर्ने छुट कसैमा छैन । यदि कारणबस कसैलाई समाजले न्याय दिलाउन सकेन भने पनि एक दिन नियतिले आफै फैसाल गरिदिन्छ ।

प्रतिक्रिया