शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

अमेरिकामा नेपालको पारा नछोड्ने व्यक्तिहरु यसरी गुल्टिंग खान्छन ?

जति नै उपदेश दिए पनि जीवनमा नसुध्रिने हुन्छन

विजय थापा २०७५ माघ ११ गते १५:४६ मा प्रकाशित

अमेरिकामा नेपालको पारा लाध्ने जो कोही पनि समाजमा अटाउन सक्दैनन । उनीहरुलाई सामाजिक बहिस्कार हुन्छ । अर्थात् मौन तिरस्कार । यस्ता मानसिकता राख्नेहरु एक्लो बृहस्पति हुन्छन । कसैले साथ दिदैन । प्रारम्भिक चरणमा मानिस झुक्किएता पनि केही समय पश्च्यात यस्ता व्यक्तिसंग टाडिने क्रम हुन्छ ।

नेपाली उखान ,बाह्र बर्ष सम्म कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा राखे पनि जस्ता को त्यस्तै भने झैँ यस्ता व्यक्ति कसैसंग अटाउदैनन । आखिर आफ्नो काममा व्यस्त भै धुन्धुन्ति बसेर अमेरिकामा जीवन यापन गर्न बाध्य हुन्छन ।

आखिर आफ्नो काममा व्यस्त भै धुन्धुन्ति बसेर अमेरिकामा जीवन यापन गर्न बाध्य हुन्छन ।

तपाई हामीले यस्ता व्यक्तिहरु प्रशस्त देख्न सक्छौ । कहिले सुध्रिदैनन् । किनभने मानिसले हामी अमेरिकामा छौ भन्ने कुराको ख्याल नै गर्दैन । उ अझ पनि नेपाल झैँ ब्यबहारमा रहन्छ । उसलाई कसैले सम्झाउन सक्दैन । किनभने एक प्रकारको अहमता हुन्छ । एक प्रकारको रोग बाट ग्रस्त हुन्छन । आदत ,ज्यान गए पनि त्याग गर्न सक्दैनन् । यस्ता ब्यक्तिहरुबाट सावधान हुनु पर्छ ।

किनभने जति नै उपदेश दिए पनि जीवनमा नसुध्रिने हुन्छन । तर आफुलाई अति जान्ने र एक कदम अगाडी ठान्ने हुन्छन । यति मात्र हैन आफु अत्यन्तै विद्धान ठान्ने हुन्छन । अरु लाई नगन्ने हुन्छन । उनीहरुलाई लाग्दछ कि हाम्रा कुराहरु सबैले सुन्छन । यस्ता व्यक्तिहरु संस्थाको मुर्धन्य पदमा कसै गरि पुगे भनि झन् छोई नसक्नेका हुन्छन । लाग्छ ,उनीहरु अमेरिकाका राष्ट्रपति भन्दा कम ठान्दैनन् । मानौ उनीहरुका कुरा अमेरिकामा रहेका नेपाली समुदायले कान ठाडो पारी सुनी रहेका हुन्छन ।

ध्यान दिएर मानिसले सुन्छन भन्ने एक प्रकारको दम्भ हुन्छ । अमेरिकामा कस्ता कुराहरु पच्दछ्न । अमेरिकामा हाम्रो अस्तित्व के छ ? अमेरिकामा हामी काम गरेर आफ्नो स्वार्थको लागि देश छोडेर आएका हौ भन्ने बिर्सन्छन ।

अमेरिकामा हामी काम गरेर आफ्नो स्वार्थको लागि देश छोडेर आएका हौ भन्ने बिर्सन्छन ।

अमेरिकामा कसरी जीवन यापन र सरल जीवन व्यतित भन्दा पनि उनीहरु उही नेपाल कै स्वभाव लिएर उही व्यवहारमा बाँची रहेका हुन्छन । कसैको सुन्दैनन् । आफू ठुलो अरु भुसुना हो भन्ने ठान्ने प्रसस्त नेपालीहरु अमेरिकामा देखिन्छन ।

हामीले यस्ता व्यक्तिहरु चिन्नु पर्छ । बेलामै सतर्कता अपनआउनु पर्छ । किनभने यस्ता व्यक्तिसंग हामी टाडा रहनु नै उत्तम हुन्छ । सानोमा लागेको आदत मानिसले हत्तपत्त त्याग गर्न सक्दैन ।

स्मरण रहोस ,अमेरिका आए पछि हामी सुध्रिन सक्नु पर्छ । अहमता र दम्भ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट अमेरिका आउदा नै मिल्काएर आउनु पर्छ । किनभने हामी अमेरिकामा सुन्य बाट सुरु गर्न आउन लागेका हौ ।

हाम्रो अमेरिकामा अस्त्तित्व बनाउन हामीले लामो समय खर्चिनु पर्छ । हामी न्युनतम र अल्पसंख्यमा पर्दछौ । अमेरिकामा जम्न हामीले धेरै समय बिताउनु पर्ने हुन्छ । अमेरिकामा एकले अर्कालाई टेर्दैनन । किनभने अमेरिकामा हामी सबै एकै हौ । कोही ठूलो र सानो हुदैन । सबै बराबर ।

अमेरिका सरल जीवन र बाच्ने हो भने सादा जीवन उच्च विचार राखेमा मात्र सफल हुईञ्छ ।

अमेरिका सरल जीवन र बाच्ने हो भने सादा जीवन उच्च विचार राखेमा मात्र सफल हुईञ्छ ।

नत्र मै ठूलो र मै विद्धान ठाने “तपाईलाई कसले टेर्ने ? अंग्रेजीमा भनाई छ ,हु केयर ?

जे जस्तो भएता पनि अमेरिकामा आए पछि हामी पुरै देश अनुसारको भेष अर्थात् जीवन शैलीमा बाच्न कोसिस गर्नु पर्छ । व्यवहारमा आमूल परिवर्तन को खोजीमा नलाग्ने भए एकल र समुदाय देखि आफै टाडिनु पर्ने हुन्छ । समुदायले आफै त्यसो गरि दिन्छन ।

अस्तु !

तस्बिर :बिमल नेपाल ,बोस्टन

प्रतिक्रिया