बुधबार, माघ ५ २०७८
काठमाडौं १६:३२
वासिङटन डिसी 05:47

ताजा समाचार ; राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी रोजर स्टोन एफबिआई द्वारा पक्राउ

इनेप्लिज २०७५ माघ ११ गते १२:०२ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प का पूर्व सहयोगी रोजर स्टोन एफबिआईले पक्राउ गरेको छ । उनलाई संघीय अनुसन्धान बिभाग (एफबिआइ)ले अहिले विह शुक्रबार पक्रेको सीएनएनले जनाएको छ ।

लामो समय देखिका राष्ट्रपति ट्रम्पका सहयोगीका रुपमा रहेका उनलाई रोबर्ट मलर बिशेष अधिवक्ताद्वारा लिखित आरोप लगाईए पछि उनलाई समातिएको हो ।  उनलाई ७ वटा आरोप लगाईएको छ भने एउटा आरोप उनले संघीय कारवाईमा बाधा पुर्याएको भनिएको छ । ५ वटा चाही झुटो बयान तथा एक साँक्षीमा कुरा बदलिएको आरोप छ ।

स्टोनको घरमा अधिकारीहरुले छापा मारेको सीएनएनले जनाएको छ । उनलाई शुक्रबार बिहान ६ बजे भन्दा अगाडी फ्लोरिडा स्थित उनको घर बाट अमेरिकाको पूर्वीय समयमा छापा मारिएको हो ।

तस्बिर :बिजिनेस इनसाइडर

प्रतिक्रिया