गायक विजय श्रेष्ठको आवाजमा मनको कुरा मनमै बोलको रोमाान्टिक गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७५ माघ ११ गते २:५९ मा प्रकाशित

गायक विजय श्रेष्ठको आवाजमा मनको कुरा मनमै बोलको रोमाान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास प्रधानको निर्देशन तयार भएको सो भिडियोमा मोडल मनीषा सापकोटा र गायक स्वयम विजयले अभिनय गरेका छन् ।

जितेन लेप्चाको संगीत रहेको गीतको शब्द पनि गायक विजय आफैंले लेखेका हुन् । राज महर्जनको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=zNasXzPaUrI

प्रतिक्रिया