अमेरिका जसरी आएता पनि सबैभन्दा पहिला ३ चिज सोध्न नभुलौ

विजय थापा २०७५ माघ ११ गते १:५७ मा प्रकाशित

अमेरिका अवसरको मुलुक हो । सपनाको संसार हो । अमेरिका आउने अन्तिम ईच्छा भएता पनि कुनै नकुनै कारण अमेरिका आउन पाइएमा ३ चिज सोधेमा नराम्रो चाही हुदैन । सोधेर बिग्रिने कुरा केही हुदैन । सोध्न पैसा पनि लाग्दैन । तर वकिल संग सोध्न चाही पैसा पनि तिर्नु पर्छ ।

अमेरिका आउन अब त्यति सजिलो छैन । तर मानिस भने आई रहेका छन् । तर अमेरिका पहिलाको जस्तो सरल छैन । त्यो अमेरिका बस्नेले भन्दा सामाजिक संजालमा झुन्डिने ले सबै कुरा थाहा पाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आए पछि उनले निर्वाचनको दौरानमा उम्मेदवार हुदाँ गरेका प्रतिबद्धता प्रति उनि दृढ छन । हामीले ज्यादा भन्ने पर्दैन । सबै कुरा सबैले छर्लंग देखेका छन् । हाल अमेरिका सबैको लागि ऐना जस्तो भएको छ ।

अमेरिकामा भएका गतिबिधि प्रति सबै को कान ठाडो हुन्छ । ध्यान दिएर सुनिन्छ । तथापी जुनसुकै तरीका अमेरिका आएकाले सबै भन्दा पहिला ३ कुराहरु सोध्नु पर्छ । ३ कुराहरु आफन्त ,साथीभाई ,छिमेकि,परिवार ,दाजुभाई। दिदीबहिनी ,कुटुम्ब जो संग पनि सोधे हुन्छ ।

तीन कुराहरु क्रमस अमेरिका जे जसरी आएकाले , पहिलो प्रश्न अमेरिका बस्न पाइने उपाय के हुन् सक्छ ? अर्थात् अमेरिकामा कसरी कानुनी रुपमा बस्न पाइन्छ ? कसरी अमेरिकामा जरो गाढ्ने ? कसरी स्थायी रुपमा बस्न पाइन्छ भन्ने तर्फ लाग्नु भयो भने तपाई बस्न पनि पाउन सक्नु हुन्छ । अमेरिकामा चिट्ठा या अन्य कुनै उपाय बाट अमेरिका आएका बाहेक सबैले यही प्रश्न गरेर स्थायी रुपमा बस्न पाएका छन् । अमेरिकाका धनि पनि बनेका छन् । व्यवसाय गरेका छन् । पसल खोलेका छन् । कमाएका छन् । यस बिषयमा सोध्नु भएन भने अमेरिकामा भौतारी रहनु पर्छ । अमेरिका बसेकालाई यो कुरा एक पटक सोध्नु होला । उनीहरु कहा कहाँ गए ? कसरी स्थायी रुपमा बस्न पाए भन्ने कुराको सबैको कथा यसरी सोधेर नै बनेको हुन्छ । सबैले अनेक उपाय गरेर कसरी अमेरिका बस्न सकिन्छ भनेर हजारौ दाउ निकालेर सफल भएका हुन्छन ।

दोश्रो, जागिर कसरी खाने ?  कहाँ काम पाइन्छ ? कसलाई भन्नु पर्ने हो ? के के उपाय छन् ? यस्ता कुरामा यहाहरु ७ दिन जेठो हुनु भएन भने दुख पाइन्छ । अमेरिका आए पछि कसरी डलर कमाउने तर्फ लग्नु पर्छ त्यो सबै भन्दा ठुलो प्राथमिकता हुन्छ । त्यो कसैले भन्नै पर्दैन । अमेरिका आउने अधिकांशको यही उद्देश्य हुन्छ । अमेरिका जे जसरी आएता पनि यो कुरा सबै संग प्रष्ट राख्नु नै हित हुन्छ । बिस्तारै भनौला गरौला भनेर अमेरिका भनियो भने निकै ढिलो हुन्छ । आए पछि सबै संग सम्पर्क गर्ने र जागिरको लागि ज्यान दिने ।

त्यति मात्र हैन ,सामाजिक संजाल मुहार पुस्तिका बाट चिनिएका साथीभाई सबैलाई गुहार्नु पर्छ । भनिएन भने हुदैन । जे जस्तो परिस्थितिमा जुध्न तयार छु मलाई केवल काम मात्र लगाई दिनु भन्नु पर्छ । अमेरिका हरेक कामको इज्जत हुन्छ । यो गर्छु त्यो गर्छु भन्दा पनि खुट्टा टेक्दै गर्छु भन्ने सोचाई राख्नु पर्छ । जो कोही ले पनि यो आफ्ना आफन्त ,साथीभाई ,छिमेकि,परिवार ,दाजुभाई,दिदीबहिनी तथा कुटुम्बलाई सोध्नु होला ।

तेश्रो ,बस्ने घर ( छाप्रो )को व्यवस्था : अमेरिका आए पछि जो सुकैले पनि धेरै दिन बस्नु हुदैन भन्ने मनमा लिनुपर्छ । त्यो राम्रो उपाय हो । थेत्तरो बन्नु हुदैन । अमेरिकामा कसैको घरमा घ्याक हाल्नु हुदैन । जव बस्ने कागजात र कम गर्ने अनुमति पाइन्छ तब घर भाडामा लिने बाटो खुल्दछ । कानुनि कागज बने पछि जागिर पाइन्छ । अमेरिकामा लाखौ मानिस संग कानुनी रुपमा बस्ने कागजात छैन उनीहरु काम गरि रहेका हुन्छन । अमेरिकामा अपराधिक गति बिधि वाहेकमा संलग्न भइएन भने सबै कुरा राम्रो हुन्छ ।

अमेरिकामा ओत लाग्नको लागी अचेल सरल छ । प्रसस्त नेपालीहरुको बसोबास जताततै भएकोले त्यो समस्या अब हुदैन । सशुल्क अतिथि लगाउने पनि चलन अमेरिकमा रहेकोले त्यसरी पनि बस्न सकिने छन । तथापी क्षणिक समयको लागि अर्कोको मा बसेता पनि आफू आफ्नै घरभाडा या कोठा लिने व्यवस्था मिलाउनु पर्छ ।

घुमी फिरी रुम्झाटार भने झैँ ,अमेरिका केही गरी आएमा अमेरिका बस्न पाइने उपाय के? जागिर कसरी खाने ? बस्ने घर ( छाप्रो )को व्यवस्था कसरी गर्ने मात्र सोध्नु पर्छ । अन्य थुप्रै कुराहरु रहेता पनि प्रारम्भिक चरणमा अमेरिका आई अमेरिका बस्न भित्रि चाहना गर्नेले यस्ता कुराहरु प्रष्ट भन्नु पर्छ । अमेरिकामा व्यस्त मानिस हुने हुनाले आफैले यस्ता कुरामा चासो देखाई अग्रसर भएमा अमेरिका बस्न पाइने हुन्छ । जागिर पनि पाइन्छ र तेश्रो टाउको लुकाउने ओत अर्थात् घर पनि पाइन्छ ।

यी कुराहरु सबैमा भने लागू चाही हुदैन । कोही नितान्त घुम्ने उद्धेश्यले मात्र आएका पनि हुन्छन । तथापी अमेरिका आए पछि महादेव को तीन नेत्र भने झै अमेरिका आए पछि दिमाग खराव पनि हुन्छ । बसौ बसौ लागि हाल्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया