चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को टिचर रिलिज

इनेप्लिज २०७५ माघ ९ गते ११:५१ मा प्रकाशित

काठमाडौँ – चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को टिचर रिलिज गरिएको छ । चलचित्रको टिचरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्र”जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो ।

“जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन् । भने चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताए ।

प्रतिक्रिया