बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:२५
वासिङटन डिसी 15:40

नवलपुरमा दमकल र बस ठोक्कियो, २७ जना घाइते

इनेप्लिज २०७५ माघ ९ गते ८:४५ मा प्रकाशित

कावासोती, ९ माघ । नवलपुरको मध्यविन्दुमा दमकल र यात्रु बहाक बस ठक्कर खादा २७ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भिर रहेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु १५ मा पर्ने अरुणखोला र चोरमाराको बीच जंगलमा बुधबार बिहान साढे सात बजेको समयमा काठमाडौंबाट भैरहवा जाँदै लु १ ख ८७९७ नम्बरको यात्रु बहाक बस र दाउन्नेबाट कावासोती आउँदै गरेको कावासोती नगरपालिकको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गम्भीर घाइते सात जनालाई चितवनको भरतपुर लगिएको र अन्य २० जनाको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

मंगलबार रातिदेखि परेको पानीका कारण दुम्किबास–बर्दघाट सडक खण्ड हिलाम्य भएपछि हिलो हटाउन चितवन र कावासोतीबाट दमकल दाउन्नेमा गएका थिए ।

हिलाम्भ्य सडक पखालेर फर्कदै गर्दा कावासोतीको दमकल र बस ठोक्किएका हुन् । दमकलले सडक पखालेपछि अहिले सो सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया