फुलन्देकी आमालाई ल्याए जीतेन बान्तवाले

इनेप्लिज २०७५ माघ ८ गते २३:१९ मा प्रकाशित

गायक तथा समाजसेवी जितेन वान्तवाको स्वर तथा संगित रहेको गीत “आमा” भर्खरै सार्बजनिक भएको छ । प्रतिमा गुरुंगको शब्द रहेको उक्त गीतलाई जितेन वान्तवाले नै संगित पनि दिएका हुन् । पावन चाम्लिंगको संगित सम्योजन रहेको “आमा “गीतमा आमा बिनाको जिबन यथार्थमा कति पिडादायी हुन्छ भन्ने झल्क्याईएको छ ।

मोहन सुनुवारले सम्पादन गरेको उक्त गीत शोभाकर पोख्रेलले छायांकन गरेका हुन । आजभोलीका चर्चित पात्र” फुलन्देकी आमा” को भुमिका गरिरहेका उमेश राईलाई समेत वान्तवाले यो गीतमा ल्याएका छन् ।

चर्चाको सिखर चुम्दै गरेको यो गीतमा उषा तामांग , हेमा राई , जस्मिन ओझा , सुचना राई र मुस्कान सुनुवारले अभिनय गरेका छन् ।

प्रतिक्रिया