सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:३५
वासिङटन डिसी 16:50

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ

इनेप्लिज २०७५ माघ ८ गते १०:११ मा प्रकाशित

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।

चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया