मगर समाज फ़्रान्सले भव्यरूपमा माघे संक्रान्ति मनायो

इनेप्लिज २०७५ माघ ७ गते २२:१५ मा प्रकाशित


मगर समाज फ़्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्ब यस पटक पनि बिशेस समारोह आयोजना गरी फ़्रान्सको राजधानी पेरिसमा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीहरुका साथ सामूहिक रुपमा २० जनवरीमा भव्यताका साथ मनायो । सो समारोह समाजका अध्यक्ष रमेश थापा  र मुख्य अतिथी फ़्रान्सका लागी महामहिम राजदूत श्रीमती अम्बिका देबी लूईटेल मानन्धरले संयुक्त रूपमा पानसमा बत्ती बालेर समुदघाटन गर्नु भएको थियो । समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तंब्य दिदै मगर जाती र माघे संक्रान्तिको बारेमा प्रकाश पार्नु भएको थियो । माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचार सहित स्वादिस्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई सयोजँन गरी तयार पार्नु भएको मौलिक नृत्यकला प्रस्तुत गरीरहदा आम दर्शकहरु आफु स्वदेश मैं भएको अनुभूति गरेको भन्नू भएको थियो ।

यस पटक मगर समाज फ़्रान्सले बिगत लामो समयदेखि मातृभूमी नेपालबाट टाढा रही फ़्रान्सलाई कर्मभुमी बनाउदै आऊनु भएका  हरिहर अर्यालले नेपाली समुदायलाई फ़्रेंच नेपाली भाषा पुस्तक लेखेर समाजलाई लेखनका माध्यमबाट नेपाली साहित्य र संस्कृतिको संरक्षण सहितको समाज सेवाद्वारा नेपाली समुदायलाई पुर्याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै बिशेस नागरिक सम्मान गरेको थियो । सो सम्मानपत्र महामहिम राजदूत ज्यूले प्रदान गर्नुभएको थियो भने समाजका अध्यक्ष ज्यूले दोसल्ला ओढाउनू भएको थियो साथै उपाध्यक्ष ज्यूले पुष्प गुच्छा प्रदान गर्नु भयको थियो सो समयाधिभर उपस्थित सम्पूर्ण महानुभावहरु उठेर उहाँको सम्मानमा ताली बजाइरहनु भयको थियो सोही क्रममा बोल्दैगर्दा भावबिह्विल बन्नु भएका हरिहर अर्यालले जीवनको यो मोड़मा आइपुग्दा आफुले गरेको योगदानको क़दर गर्दै सम्मान गरेकोमा मगर समाज फ़्रान्स प्रति कृत्यज्ञ हुदै हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो साथै बिश्व मगर संघ बेल्जीयम संयोजक  नेत्र थापा मगर  र बेल्जीयम मगर संघकी सचिब सुशीला रोका मगर को बिशेस उपस्थिति रहेको थियो । उक्त समारोहको मन्तब्य दिने क्रममा महामहिम राजदूत ज्यूले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मी हुर्कदो पूस्ताहरुले आफ्नो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारी पाउने बताउनु भयो साथै समाजसेवी  हरिहर अर्यालले गरेको योगदानको उच्च मूल्याँकन गर्दै उहाँलाई नागरिक सम्मान गरेकोमा आफुलाई सार्है ख़ुसी लागेको र यस्ता कार्यले समाजमा सकारात्मक संदेश जाने भन्दै कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।

उक्त समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार द्वय जुना श्रीस मगर र बीलन थापा मगरको बेजोड़ प्रस्तुतिले दर्शकहरुलाई नांच्न बाध्य बनायको थियो । कार्यक्रम संचालन सुधीर राना, भुवन आले र जीवन थापा मगरले गर्नु भएको थियो, कार्यक्रम संचालनकै क्रममा बीच बीचमा जीवन थापाको सायरीले दर्शकलाई रोमांचित बनाएको थियो । कार्यक्रमको अन्तमा समाजका अध्यक्ष रमेस थापाले उपस्थित सबैलाई समारोह सफल बनाउन दिनरात खटिने समाजका सबै साथीहरुलाई बिशेस धन्यबाद ज्ञापन गर्नुभएको थीयो ।

प्रतिक्रिया