शनिबार, माघ ८ २०७८
काठमाडौं १४:१५
वासिङटन डिसी 03:30

कृष्ण ओलीको लागी हेरिस्बर्ग अमेरिका बाट ५१ हजार सहयोग

सर्वज्ञ वाग्ले , क्यालिफोर्निया २०७५ माघ ७ गते १७:५५ मा प्रकाशित

बिधुतिय हाईटेन्सनको कामगर्ने सिलसिलामा ११ हजार भोल्टेजको करेन्ट लागेर २ हात, १ खुट्टा र अर्को खुट्टा पनि ५० प्रतिशतभन्दा बढी काम नलाग्ने भएका रुकुमका २१ बर्षीय कृष्ण ओलीको उपचारर्थ सहयोग अभियानको लागी अमेरिकाको हेरिस्बर्ग शहरबाट रु ५१,५०० रकम संकलन भएको छ । यसरी समस्यामा परेका एक नेपालीलाई सानो भए पनि आर्थिक सहयोग गर्न पाउँदा आफुहरूलाई आत्मसन्तुष्टि मिलेको यस आर्थिक सहयोग संकलनका अभियान्त सुजन खत्रिले बताउनु भयो । “सेवा नै धर्म हो “ भन्ने संस्कार र भावना बाट प्रेरित संसार भरबाट मनकारी नेपालीहरूले यस अभियानमा हातेमालो गर्दै आउनु भएको छ। समस्या र दु:खमा परेका हरेक नेपालीलाइ पीडामा यसरी मलम सँधै लगाउन सक्नु संसारभर रहेका नेपालीहरूको एक उच्च सेवा भाव ,मानवियता र एकताको सन्देश पनि हो ।

उक्त अभियानमा सुजन खत्रि , दिलिप कुमार शर्मा ,सुवास पोख्रेल, खेम ढुड्गेल , मिनोज थापा , हेमराज पँगेनी , खेम धिताल , नविन ढकाल, राथि कार्कि, चुडा दाहाल, चम्मा रिमाल , भक्ति सुब्बा, गोमा कटुवाल , बिकास थापा लगायत सहयोगी मनहरूले उक्त रकम सहयोग गर्नु भएको थियो । संकलित उक्त रकमलाई कृष्ण ओलीकै हात लगेर यस अघिनै समाजसेवी प्रोमोद भारद्वाज र प्रकास खत्रीले हस्तान्तरण गरिसक्नु भएको छ । संकलित रकम कतै हिनामिन हुन नपाओस र पीडत ब्याक्तिकै हातमा पुगोस भन्ने हेतुलेनै कृष्ण ओलीकै हातमा लगेर उक्त संकलित रकम हस्तान्तरण गरिएको कुरा बताउनु हुन्छ रकम संकलनका अभियन्ता सुजन खत्रि ।

पछिल्लो समयमा हाम्रो समाजमा बढ्दो ब्याक्तिबादि प्रबृति र हराउँदै गएको मानविय सहयोगको भावना बिदेशमा पसिना बगाउने नेपालीहरूले फेरि उजागर गर्दै आउनु भएको छ । आफ्ना नागरिकहरूको शिक्षा , स्वास्थ्य र सुरक्षाको ग्यारेन्टि लिनु पर्ने दायित्व राज्य र नेपाल सरकारको भए पनि लाचर सरकार र अनावश्यक राजनीति खिचतानिले गर्दा यसरी समस्यमा परेका हजारौ नेपाली दाजुभाईले कहिले सम्म दु:ख पाउनु पर्ने हो ।

त्यो अझै अनिश्चित छ ! स्वस्थ्य र शिक्षा जस्ता आफ्ना जनताका आधारभूत बिषयमा राज्य र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पुरा गरे कृष्ण ओलीले जस्तो समस्या आम नेपालीहरूले आगामी दिनमा भोग्नु पर्ने थिएन । सरकारले यस्ता बिषय बस्तुमा जनताको सुरक्षाको प्रत्याभुति गर्न एक दिर्धकालिन योजना अगाडी ल्याएर र आफ्नो दायित्व पुरा गरे कति राम्रो हुने थियो ।

प्रतिक्रिया