भर्खरै रबि लामिछानेले निकितासंग यसरी बिहे गरे, बैशाखमा फेरी परम्परागत बिहे गर्ने ! फेसबुकमा सबैलाई यस्तो लेखे L

इनेप्लिज २०७५ माघ ७ गते १२:१८ मा प्रकाशित

चर्चित पत्रकार रबि लामिछानेले अन्ततः निकिता पौडेलसंग बिहे गरेका छन् । अदालतमा गएर उनिहरु बैबाहिक बन्धनमा बाधिएका हुन् । उनिहरुले आगामी बैशाखमा परम्परागत रुपमा बिहे गर्नेजनाएका छन् । बिहे गरेको जानकारी सहित रबि लामिछानेले फेसबुकमा सबैलाई आशिर्वादको खाँचो रहेको बताएका छन् ।

“ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”

प्रतिक्रिया