मलेसियामा छुरा घोपेर नेपाली कामदार तामाङको हत्या

इनेप्लिज २०७५ माघ ६ गते १५:०७ मा प्रकाशित

मलेसिया । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राति एकजना नेपालीको मृत्यु भएको छ ।

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको मृत्यु भएको छ । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा मलेसियन नागरिकको छुरा प्रहारबाट तामाङको मृत्यु भएको छ ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते भएका छन । उनलाई राति नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

प्रतिक्रिया