नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा अध्यक्ष दाहालद्वारा जानकारी

इनेप्लिज २०७५ माघ ५ गते ११:४१ मा प्रकाशित

काठमाडौँ, ५ माघ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गर्नुभएको थियो ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भई रहेको छ । उहाँलाई डा राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ ।

प्रतिक्रिया