मंगलबार, असार ३१ २०७६
काठमाडौं १९:५८
वासिङटन डिसी 10:13

ट्रम्पले शनिबार दिउसो तीन बजे सम्बोधन गर्ने

इनेप्लिज २०७५ माघ ५ गते ३:३८ मा प्रकाशित

यादवराज जोशी

गर्भमेन्ट सटडाउन र सीमा सुरक्षाको विषय समेटेर अमेरिकी राष्ट्रपनि ट्रम्पले शनिबार दिउसो ३ बजे विशेष सम्बोधन गर्ने भएका छन् । “मैले शनिबार दिउसो तिन बजे दक्षिणी सीमाको मानवीय संकट र गर्भमेन्ट सटडाउन सम्वन्धमा विशेष सम्बोधन गर्नेछु,” उनले शुक्रबार ५ बजे ५१ मिनेटमा ट्विट गर्दै जनाएका छ्न ।

शनिबारको सम्बोधनमा ट्रम्पले संकटकाल लगाउने वा नलगाउने विषयमा स्पस्ट छैन । गर्भमेन्ट सटडाउन जारी रहेको र विपक्षी डेमोक्र्याट्ससंग सीमा पर्खाल विषयका कुनै सहमति नभएको सन्दर्भमा संकटकाल लगाउन सक्ने सम्भावना पनि रहेको अनुमान गरिएको छ । तर, यस बारेमा ह्वाईट हाउसले केहि बनाएको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिको सीमामा पर्खाल लगाउन ५.७ अर्ब डलरमाग गरेका थिए तर विपक्षी डेमोक्र्याटको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटीभले १.३ अर्ब डलरमात्र दिने बताएको थियो । त्यसैले विगत २९ दिनदेखि गर्भमेन्ट सटडाउन छ । अमेरिकी संघिय सरकारका आठलाख कर्मचारी बिना तलव काम छन् ।

यसैसाता राष्ट्रपति र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नान्सी पोलेसीबीच बिवाद बढेको छ । यसलाई रिपव्लिकन र डेमोक्र्याटको बिवादकोरुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार हाउस अफ रिप्रजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीको साताव्यापी भ्रमण रद्द गरिदिएका थिए। उनले यो कदम पेलोसीको बुधबारको वयानको बिरोधमा दिएका हुन ।गर्भमेन्ट सटडाउन भएकोले राष्ट्रपतिले जनवरी २९ मा गर्ने युनियन एड्रेस (संबोधन) रद्द गर्न पोलेसीले अनुरोध गरेकी थिईन । ह्वाईट हाउसले एकपत्र पठाउदै पेलोसीको ब्रसेल्स, इजिप्ट र अफगानिस्तान भ्रमणका लागि सैनिक जहाज दिन नसक्ने बताएको हो ।

गर्भमेन्ट सटडाउन एक महिना पुग्नै लाग्दा यसको प्रभाव भयावह देखिएको छ ।अर्थतन्त्रमा अनपेक्षित असर देखिएको छ, ह्वाईट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटले मंगलबार भनेका थिए ।

पहिले अनुमान गरिएभन्दा भयावह स्थिती छ, ह्वाईट हाउसले भनेको छ ।दुई साता गर्भमेन्ट सटडाउन हुदाँ यसले आर्थिक वृद्धिमा ०.१ प्रतिसतले प्रभाव पार्ने देखिएको सिएनबिसी न्यूजले जनाएको छ । सन् २०१८ को अन्तिम साता अमेरिकाको आर्थिक वृद्धिदर २.८ प्रतिसत थियो ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया