दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी

इनेप्लिज २०७५ माघ ४ गते १९:०७ मा प्रकाशित


यस नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गईरहेको दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को बारेमा जानकारी दिने उद्द्श्यले आज पर्यटन बोर्डको प्रेक्ष्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरियो । आयोजक संस्थाका अध्यक्ष के.पी. पाठकको सभाअध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा विशिष्ट अतिथी वरिष्ठ चलचित्रकर्मी यादब खरेलले दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक उद्घोष गर्दै कार्यक्रमको उद्घाटन गरे ।

सो कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष विजयरत्न तुलाधरले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वर्षदेखि चलचित्रको माध्यमबाट संसारभरीका कथाहरुको उत्सव मनाउने उद्देश्यले ‘सेलेब्रेसन अफ न्यारेटिभ्स’ को नारा सहित कथानक चलचित्रहरुको एउटा पृथक किसिमको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको थालनी गरेको जानकारी दिएं ।

गत वर्ष प्रथम महोत्सव नेपालको अति सुन्दर रमणीय पर्यटकीय नगरी पोखरामा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ल्क्ष्ँँ द्दण्ज्ञड को सफल आयोजनाले हौसलान्वित भएर यो वर्ष ल्क्ष्ँँ को दोस्रो संस्करणका रुपमा ल्क्ष्ँँ द्दण्ज्ञढ को आयोजना यही २०७५ फागुन ९ गतेदेखि १३ गतेसम्म पाँच दिन काठमाण्डौंमा गर्न गईरहेको कुरा पनि उपाध्यक्ष तुलाधरले आफ्नो स्वागत मन्तव्य पोख्ने क्रममा स्पष्ट पारें ।

पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकाठमाण्डौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डको परिसर एवं प्रेक्ष्यालयहरुमा आयोजना गर्ने भएको छ भने काठमाण्डौं महानिफ नगरपालिका सह आयोजकका रुपमा रहेको छ भने नेपाल सरकार चलचित्र बिकास बोर्ड र पर्यटन बोर्ड महोत्सव सम्बद्र्धकका रुपमा रहेका छन् ।

यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनकालागि अन्तिम् छनौटमा परेका छन् । ती चलचित्रहरु मध्ये नेपालका १६ चलचित्रहरु समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् । यस्तै गरी नेपाली चलचित्रहरुमा ६ वटा फिचर र १०वटा शर्ट फिल्म रहेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरु प्नि महोत्सवमा समावेश गरिएको कुरा जानकारी गराईएको पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसारमहोत्सवमा सहभागी चलचित्रहरु मध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्रविद्हरु सम्मिलित निर्णायक मण्डलबाट मूल्याङ्ककन गराई पुरस्कार प्रदान गरीने छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचस चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर सहितको गौतम बुद्ध अवार्ड र एक शर्ट फिल्मलाई पाँचसय डलर नगद र ट्रफी सहितको माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ भने नेपाल पानोरामा अन्तर्गतको प्रतिस्पर्धामा रहेका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई नगद रु.पचास हजार र ट्रफी सहित सर्वोत्कृष्ट पुरस्कार , सर्वोत्कृष्ट शर्ट फिल्मलाई पच्चीस हजार नगद र ट्रफी सहितको पुरस्कार प्रदान गरिनेछ । यस्तै गरी नेपाली पानोरामा अन्तर्गत नै फिचर तर्फ सर्वोत्कृष्ट निर्देशक , सर्वोत्कृष्ट लेखक को पनि पुरस्कार प्रदान गरिने छ । शर्ट फिल्म तर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कारमात्र प्रदान गरिनेछ ।

दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ औपचारिक घोषणाकोलागि आयोजित पत्रकार सम्मेलनमा चलचित्र बिकास बोर्डका सदस्य वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाल,चलचित्र जाँचपास समितिका सदस्य वरिष्ठ कलाकार सुभाष गजुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए भने विशिष्ट अतिथीहरु विशिष्ट चलचित्रकर्मी एवं गीतकार यादव खरेलले राष्ट्रिय चलचित्र नीति राज्यले लागु नगरेकोमा असन्तुष्टि पोखे । यस्तै गरी अर्का विशिष्ट अतिथी विशिष्ट चलचित्रकर्मी एवं विशिष्ट अभिनेता तथा गीतकार एवं दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका जुरी संयोजक नीर शाहले नेपालमा यस्तो खालको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले राम्रो प्रभाव छोड्ने कुरामा जोड दिए । कार्यक्रमका सभाअध्यक्ष एवं आयोजक संस्थाका अध्यक्ष के.पी.पाठकले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय ख्याति पाओस भन्ने उद्देश्यले आयोजना गर्न थालिएको यो महोत्सवले नेपालको मूलधारका चलचित्र र कलाकारको सहभागिता महत्वपूर्ण हुने कुरामाथि प्रकाश पारे ।

 

प्रतिक्रिया